default_image

9 months ago

March 31, 2025

बार्सिलोनाको जितमा लेवान्डोस्कीको २ गोल

606 views

0 Bookmark

एजेन्सी – रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाले ला लिगामा गिरोनालाई ४-१ ले हराएको छ ।

शीर्षस्थानको बार्सिलोनाले रियल म्याड्रिड पुनः ३ अंकले पछि पारेको छ। पहिलो हाफमा लाडिस्लाभ क्रेइसीको आत्मघाती गोलपछि घरेलु टोलीले अग्रता लिएको थियो।

दोस्रो हाफको सुरुवातमै अर्नाउट डान्जुमाले गिरोनाका लागि बराबरी गोल गरे। ६१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए।

७७ औं मिनेटमा उनले सिजनको आफ्नो २५औं ला लिगा गोल गरे। फ्रेन्की डि जोङको उत्कृष्ट मिडफिल्ड प्लेबाट आएको बलमा लेवान्डोस्कीले गोल गरेका हुन्।
८६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनाको जित निश्चित गरे।

शनिवार रियलले लेगानेसलाई हराउँदै बार्सिलोनासँग अंक बराबरी गरेको थियो। बार्सिलोनाले यो‌ जितपछि पुनः अग्रता लियो।

बार्सिलोनाको २९ खेलमा‌ ६६ अंक पुगेको छ।ह्यान्सी फ्लिकको टोलीले हाल ला लिगामा लगातार ९ खेल जितेको छ।

अब बार्सिलोनाले बुधवार एट्लेटिको म्याड्रिड कोपा डेल रे सेमिफाइनलको दोस्रो लेग खेल्नेछ। पहिलो लेगमा ४-४ को बराबरी भएको थियो

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.