8 months ago
April 12, 2025
सुमन अधिकारी,बुटवल
वालिङ ट्रिनेटी युवा क्लब बुटवलमा भएको प्रथम उपमेयर कप नकआउट महिला फुटबल प्रतियोगिता–२०८१ को उपाधि जितेको छ ।
कपिलवस्तुको राइजिङ स्टार क्लबलाई १-० ले हराउँदै ट्रिनेटी च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक खेलमा ट्रिनेटीकी यशोदा शाहीले गरेको गोल नै निर्णायक बन्यो । उनले दोस्रो हाफको २२ औं मिनेटमा गोल गरेकी हुन्।

१-० ले पछाडि परेको राइजिङले दोस्रो हाफमा गोल गर्ने ३ वटा सुन्दर अवसर सदुपयोग गर्न सकेन । यशोदा शाहीनै फाइनलको प्लेयर अफ दि म्याच घोषित भइन् ।
सेमिफाइनलमा वालिङले भारतको एमएससीलाई र उपविजेता कपिलवस्तुले आयोजक बिस पचहत्तर युवा परिवारलेलाई हराएको थियो ।

प्रतियोगिताको विजेता ट्रिनेटीले ट्रफीसहित १ लाख र राइजिङले ५० हजार रुपैयाँ प्राप्त गर्यो । ट्रिनेटीकी सिमरन राई सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरिन् ।
राइजिङकी सुनयना चौधरी उत्कृष्ट गोलरक्षक, ट्रिनेटीकी पूर्णिमा राई उत्कृष्ट फरवार्ड, राइजिङ स्टारकी धाना बोहोरा उत्कृष्ट डिफेन्डर , ट्रिनेटीका दिलिप थापा उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता र उपविजेता बुटवल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रादेवि अर्याल, नगर खेलकुद समितिका संयोजक वोनिन पिया, आयोजक विस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापा, सचिव दिपक गुरुङ, खेल संयोजक बुद्धिबहादुरदर्जी लगायतले पुरस्कृत गरे।
एिसयन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा आयोजित प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]