8 months ago
April 12, 2025
सुमन अधिकारी,बुटवल
वालिङ ट्रिनेटी युवा क्लब बुटवलमा भएको प्रथम उपमेयर कप नकआउट महिला फुटबल प्रतियोगिता–२०८१ को उपाधि जितेको छ ।
कपिलवस्तुको राइजिङ स्टार क्लबलाई १-० ले हराउँदै ट्रिनेटी च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक खेलमा ट्रिनेटीकी यशोदा शाहीले गरेको गोल नै निर्णायक बन्यो । उनले दोस्रो हाफको २२ औं मिनेटमा गोल गरेकी हुन्।

१-० ले पछाडि परेको राइजिङले दोस्रो हाफमा गोल गर्ने ३ वटा सुन्दर अवसर सदुपयोग गर्न सकेन । यशोदा शाहीनै फाइनलको प्लेयर अफ दि म्याच घोषित भइन् ।
सेमिफाइनलमा वालिङले भारतको एमएससीलाई र उपविजेता कपिलवस्तुले आयोजक बिस पचहत्तर युवा परिवारलेलाई हराएको थियो ।

प्रतियोगिताको विजेता ट्रिनेटीले ट्रफीसहित १ लाख र राइजिङले ५० हजार रुपैयाँ प्राप्त गर्यो । ट्रिनेटीकी सिमरन राई सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरिन् ।
राइजिङकी सुनयना चौधरी उत्कृष्ट गोलरक्षक, ट्रिनेटीकी पूर्णिमा राई उत्कृष्ट फरवार्ड, राइजिङ स्टारकी धाना बोहोरा उत्कृष्ट डिफेन्डर , ट्रिनेटीका दिलिप थापा उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता र उपविजेता बुटवल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रादेवि अर्याल, नगर खेलकुद समितिका संयोजक वोनिन पिया, आयोजक विस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापा, सचिव दिपक गुरुङ, खेल संयोजक बुद्धिबहादुरदर्जी लगायतले पुरस्कृत गरे।
एिसयन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा आयोजित प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]