8 months ago
April 28, 2025
नुवाकोट (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा पुलिसले गण्डकी प्रदेशलाई ४-० ले पराजित गरेको हो । पुलिसको जितमा सुष्मा तामाङले २ गोल गर्दा निर्मला उपाध्याय र अमृता जैशीले १-१ गोल गरे । पुलिसले अब सेमिफाइनलमा संकटाको सामना गर्नेछ ।
पुलिसले पहिलो हाफको १७ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । अमृता जैशीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिक गण्डकीकी गोलरक्षक मनिषा तामाङले बचाउन नसक्दा गोल भयो ।
२८ औं मिनेटमा सुष्माले अग्रता दोब्बर पारिन् । मिना देउवाले दिएको लो क्रसलाई सुष्माले सहजै गोलमा परिणत गरिन् । दोस्रो हाफको ४४ औं मिनेटमा निर्मला उपाध्यायले क्लियर हुन नसकेको कर्नरलाई गोलको दिशा दिएकी थिइन् ।
सुष्माले ७५ औं मिनेटमा सुन्दर गोल गर्दै फराकिलो जित पक्का गरिन् । उनले मिनाको क्रसलाई पहिलो टचमै गोलरक्षकको माथिबाट गोल गरेकी थिइन् ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार एपिएफ फुटबल क्लब र पदमा स्पोर्ट्स क्लब खेल्नेछन् । विहीबार हुने सेमिफाइनलमा यस खेलको विजेता र रौतहट जिल्ला फुटबल संघ खेल्नेछन् । पहिलो सेमिफाइनलमा संकटा र पुलिस बुधबार खेल्नेछन् । संकटाले आर्मीलाई ३-१ ले हराएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]