default_image

7 months ago

April 28, 2025

गण्डकीलाई हराउँदै पुलिस सेमिफाइनलमा

1107 views

0 Bookmark

नुवाकोट (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा पुलिसले गण्डकी प्रदेशलाई ४-० ले पराजित गरेको हो । पुलिसको जितमा सुष्मा तामाङले २ गोल गर्दा निर्मला उपाध्याय र अमृता जैशीले १-१ गोल गरे । पुलिसले अब सेमिफाइनलमा संकटाको सामना गर्नेछ ।

पुलिसले पहिलो हाफको १७ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । अमृता जैशीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिक गण्डकीकी गोलरक्षक मनिषा तामाङले बचाउन नसक्दा गोल भयो ।

२८ औं मिनेटमा सुष्माले अग्रता दोब्बर पारिन् । मिना देउवाले दिएको लो क्रसलाई सुष्माले सहजै गोलमा परिणत गरिन् । दोस्रो हाफको ४४ औं मिनेटमा निर्मला उपाध्यायले क्लियर हुन नसकेको कर्नरलाई गोलको दिशा दिएकी थिइन् ।

सुष्माले ७५ औं मिनेटमा सुन्दर गोल गर्दै फराकिलो जित पक्का गरिन् । उनले मिनाको क्रसलाई पहिलो टचमै गोलरक्षकको माथिबाट गोल गरेकी थिइन् ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार एपिएफ फुटबल क्लब र पदमा स्पोर्ट्स क्लब खेल्नेछन् । विहीबार हुने सेमिफाइनलमा यस खेलको विजेता र रौतहट जिल्ला फुटबल संघ खेल्नेछन् । पहिलो सेमिफाइनलमा संकटा र पुलिस बुधबार खेल्नेछन् । संकटाले आर्मीलाई ३-१ ले हराएको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.