default_image

8 months ago

May 6, 2025

नेपाली यु-१९ टोली आज भारत जाँदै

897 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- भारतमा हुने यु-१९ साफ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली टोली आज त्यसतर्फ जाने भएको छ।

च्याम्पियनसिप बैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशको युपियास्थित गोल्डेन जुब्ली रंगशालामा हुनेछ। नेपाली टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ रहेको छन् ।

च्याम्पियनसिपमा दक्षिण एसियाको पाकिस्तान बाहेक ६ राष्ट्रको सहभागिता रहेको छ। नेपाल, आयोजक एवम् साविक विजेता भारत र श्रीलंका समूह बी मा छन्। च्याम्पियनसिपको समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बंगलादेश छन्।

बैशाख २८ गते श्रीलंकासँग खेल्दै नेपालले च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ। त्यसको नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत पदाधिकारीहरूले सोमवार नेपाली टोलीको बिदाइ गरे।

नेपाली यु-१९ टोली

गोलकिपर – भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बनियाँ

डिफेन्डर – रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्वा, सिद्धान्त खड्का

मिडफिल्डर – कृष्णबहादुर आले, कृष थापा मगर, सरोज डर्लामी, लछु थापा, सबिनकुमार लुंगेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का

फरवार्ड – पवन पाख्रिन, धरबेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.