8 months ago
May 8, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी )ले आर्सनललाई २-१ ले हराउँदै युइएफले च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
पेरिसको पार्क दे प्रिन्स रंगशालामा भएको खेलमा जित निकालेपछि समग्रमा ३–१ को अग्रतासहित पिएसजी अघि बढेको छ ।
खेलको पहिलो हाफमा पिएसजीका मिडफिल्डका फाबियान रूइजले एक जबरजस्त भली प्रहारमार्फत गोल गर्दै अग्रता दिलाए । त्यो उनको ४६ औं च्याम्पियन्स लिग खेलमा पहिलो गोल थियो । स्पेनी खेलाडीको गोलले टोलीको सुरुआतको तनाव कम गर्दै खेलको लय पेरिसियनहरूतर्फ मोडिदिए ।
दोस्रो हाफको सुरुमै डिफेन्डर अक्राफ हाकिमीले गोल गरे । भिटिन्हाको मिस पेनाल्टीपछि अग्रता बढाउने अवसर गुमाएको पिएसजीलाई हाकिमीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए।
६७औं मिनेटमा बुकायो साकाले आर्सेनलका लागि गोल गर्दै झिनो आशा कायम राखे । त्यसपछि गोल भएन र पिएसजी फाइनल पुग्यो ।
पिएजसजीले इन्टर मिलानसँग उपाधिका लागि खेल्नेछ। बार्सिलोनालाई हराउँदै पिएसजीले फाइनलको यात्रा तय गरेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]