default_image

7 months ago

May 8, 2025

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

1308 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी )ले आर्सनललाई २-१ ले हराउँदै युइएफले च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ

पेरिसको पार्क दे प्रिन्स रंगशालामा भएको खेलमा जित निकालेपछि समग्रमा ३–१ को अग्रतासहित पिएसजी अघि बढेको छ ।

खेलको पहिलो हाफमा पिएसजीका मिडफिल्डका फाबियान रूइजले एक जबरजस्त भली प्रहारमार्फत गोल गर्दै अग्रता दिलाए । त्यो उनको ४६ औं च्याम्पियन्स लिग खेलमा पहिलो गोल थियो । स्पेनी खेलाडीको गोलले टोलीको सुरुआतको तनाव कम गर्दै खेलको लय पेरिसियनहरूतर्फ मोडिदिए ।

दोस्रो हाफको सुरुमै डिफेन्डर अक्राफ हाकिमीले गोल गरे । भिटिन्हाको मिस पेनाल्टीपछि अग्रता बढाउने अवसर गुमाएको पिएसजीलाई हाकिमीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए।

६७औं मिनेटमा बुकायो साकाले आर्सेनलका लागि गोल गर्दै झिनो आशा कायम राखे । त्यसपछि गोल भएन र पिएसजी फाइनल पुग्यो ।

पिएजसजीले इन्टर मिलानसँग उपाधिका लागि खेल्नेछ। बार्सिलोनालाई हराउँदै पिएसजीले फाइनलको यात्रा तय गरेको थियो ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.