7 months ago
May 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को सन् २०२५ का लागि डेड अर्ब भन्दा बढीको बजेट अनुमोदन गरेको छ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रवार भएको नियमित साधारण सभाले १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४ सय ५० रुपैयाँ बजेट अनुमोदन गरेको छ।
यो गत वर्षको भन्दा बढी रकम हो। गत वर्षको फिफा र एएफसीको भौतिक पूर्वाधारको खर्च गर्न नसकेको बजेटलाई यो वर्ष निरन्तरता दिने र सो बजेट समेत जोडिंदा बजेटको आकार ठूलो भएको एन्फा प्रवक्ता सुरेश शाहले बताए।
अघिल्लो वर्षको फिफाबाट प्राप्त अनुदान मध्ये पूर्वाधार तर्फको ४७ करोड ७६ लाख ७१ हजार ५ सय ४२ रूपैयाँ बजेट यो पटकलाई सारिएको पनि प्रवक्ता शाहले बताए।
अघिल्लो आर्थिक वर्षमा एन्फाको बजेट १ अर्ब ३२ करोड रुपैयाँको हाराहारीमा रहेको थियो।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले पेश गरेको २०२५ को वार्षिक कार्यक्रमलाई साधारण सभाले पारित गरेको प्रवक्ता शाहले जानकारी दिए । यो कार्यक्रमलाई एन्फाले वार्षिक क्यालेन्डर भनेको छ।

२०२५ को लागि पुरुष, महिला युवा लगायतको कुल १६ कार्यक्रम रहेको छ। जसमा एन्फाले आयोजना गर्न नसकेको लिग कम नकआउट पनि सामेल छ।
सो क्यालेन्डरमा सहिद स्मारक ए डिभिजन लिग पुस १ गतेदेखि गरिने भनिएको छ। फुटसलतर्फ कुल १४ कार्यक्रम रहेको छ।
यसअघि उद्घाटन सत्र सुरू हुनु भन्दा पहिले एन्फा पूर्व अध्यक्ष गणेश थापालाई साधारण सभा हलमा
प्रवेशमा रोक लगाउँदा स्थिति केहि समय तनावपूर्ण बनेको थियो।
सी डिभिजन क्लब आरसी ३२ का प्रतिनिधि थापा साधारण सभा प्रवेश गर्न पाउने अदालतको आदेशसहित सभा स्थलको गेटमा पुगेका थिए । तर एन्फाले उनलाई प्रवेश गर्न दिएन । उनलाई सभा हलको गेटमा नै रोकिएको थियो।

आक्रोशित थापाले अदालतको निर्देशन मान्दिन भन्न पर्यो अथवा साधारण सभामा प्रवेश गर्न दिन माग गरेका थिए। थापालाई साधारण सभाको पास नभएकोले प्रवेश गर्न नदिइएको बताइएको थियो।
त्यस विषयमा एन्फा प्रवक्ताले अदालतलाई सम्मान गर्ने तर प्रक्रिया नपुगेको होकी जस्तो लाग्यो भनेर एकिन जवाफ दिन सकेनन्। सचिवालयबाट आफुलाई कुनै जानकारी नरहेको बताए।
थापालाई एन्फाका वर्तमान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाहीले साथ दिएका थिए ।
थापा सन् २०१५ अप्रिल १६ देखि फिफाले लगाएको १० वर्षको प्रतिबन्धका कारण फुटबल सार्वजनिक कार्यक्रममा अनुपस्थित हुन्थे । प्रतिबन्धकै अबधिमा भने थापाले सामाजिक सन्जालमार्फत एन्फा नेतृत्वको कडा आलोचना गर्थे ।
यसै महिनाको सुरुवात मा (२०२५ अप्रिल १५ मा ) प्रतिबन्ध अवधि सकिएपछि उनी पुनः नेपाली फुटबल गतिविधिमा सक्रिय हुँदै आएका छन्।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]