default_image

7 months ago

May 11, 2025

एस्टन भिल्लाको‌ जित

354 views

0 Bookmark

एजेन्सी – एस्टन भिल्लाले युइएफए च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावनालाई बलियो बनाएको छ।

एएफसी बोर्नमाउथमाथि शनिवार १-० को जित निकाल्दै भिल्ला आशा बलियो पार्यो । ओली वाट्किन्स प्रिमियर लिगमा एस्टन भिल्लाका सर्वाधिक गोलकर्ता बनेका छन् ।

वाट्किन्सले पहिलो हाफको इन्ज्युरी समयमा मोर्गन रोजर्सको क्रसलाई गोलमा परिणत गर्दै क्लबका लागि आफ्नो ७५औं प्रिमियर लिग गोल पूरा गरे । त्यो ग्याब्रियल एगबोनलाहोरको कीर्तिमानभन्दा एक गोल बढी बढी हो।

खेलको ८०औं मिनेटमा जेकोब राम्से दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए। तर एमिलियानो मार्टिनेज र म्याटी क्यासको संयोजनले बोर्नमाउथलाई अन्तिम क्षणमा बराबरी गोल गर्नबाट रोके।

यस जितसँगै भिल्ला ६३ अंकसहित नटिंघम फरेस्टभन्दा माथि उक्लिएर छैटौं स्थानमा पुगेको छ। उनीहरू गोल अन्तरका आधारमा न्यूक्यासल युनाइटेड र चेल्सीभन्दा मात्र पछि छ । बोर्नमाउथ दशौं स्थानमै स्थिर छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.