default_image

7 months ago

May 11, 2025

बार्सिलोना र रियल म्याड्रिड खेल्दै

1280 views

0 Bookmark

एजेन्सी – यो सिजनको स्पेनिस ला लिगा समापनको संघारमा छ । तर, उपाधि जित्ने टोलीको छिनोफानो भइसकेको छैन । इंग्लिस प्रिमियर लिग, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग वानले यो सिजनको च्याम्पियन पाइसकेको छ ।

यस्तोमा आज राति ‘एल क्लासिको’ मा क्याटलान क्लब बार्सिलोना र रियल म्याड्रिड आमाने–सामाने हुँदैछन् । यो खेल बार्सिलोनाको मैदानमा आज राति ८ बजे हुनेछ ।

आज हुने एल क्लासिकोले ४ अंकको मात्रै फरक रहेको स्पेनिस ला लिगाको उपाधि दौडमा ठूलो प्रभाव पार्न सक्नेछ । यो सिजनमा रियल र बार्सिलोनाको यो चौथो भेट हो । यसअघिको तीनै भेटमा बार्सिलोना विजयी भएको छ ।

उपाधि निर्णायक

एल क्लासिको प्रतिक्षित खेल हो । क्लासिकोको विश्व फुटबलको ध्यान खिच्नेछ । सधैं फुटबलको सबैभन्दा महत्वपूर्ण खेलहरू मध्ये एक हो । बार्सिलोना र रियलबीचको यो प्रतिस्पर्धाले धेरै कुराहरू निर्भर गर्दछ ।

बार्सिलोनाको जितले अनिवार्य रूपमा हान्सी फ्लिकको टोलीलाई च्याम्पियन बनाउनेछ । यद्यपि, रियलको जितले ला लिगाको उपाधि दौडलाई थप रोमाचक बनाउने छ । डिफेन्डिङ च्याम्पियनले आँफुलाई १ अंकमा छोट्याउनेछ ।

सिजनको ४ खेल मात्र बाँकी रहँदा, दुवै टोलीलाई गल्ती गर्ने छुट छैन । रियलभन्दा बार्सिलोना केही बलियो देखिएको छ । तर, गत मंगलबार राति च्याम्पियन्स लिगमा इन्टर मिलानसँग १ सय २० मिनेट खेलेपछि बार्सिलोनालाई केही थकान हुनेछ ।

बार्सिलोनाले गत महिना रियललाई रोमाञ्चक कोपा डेल रेको फाइनलमा पराजित गरेको थियो । क्याटलान क्लबले यस सिजनको सुरुमा सान्टियागो बर्नाबेउमा सुपरकोपा र ला लिगामा रियललाई नमिठो हार चखाइसकेको छ । यस्तोमा बार्सिलोना अझै आशावादी रहँदा रियल त्यसबाट उम्कने प्रयासमा हुनेछ ।

रियलले हान्सी फ्लिकको उच्च रक्षात्मक रेखालाई पछाडि पार्न सक्दो प्रयास गर्नेछ । कोपा डेल रेमा हारको बावजुद रियलले बर्सिलोनाविरुद्ध कसरी खेल्ने भन्ने तथ्य फेला पारिसकेको छ ।

यसअघि बार्सिलोनाको अफसाइड ट्यापले रियललाई धेरै समस्यामा पारेको थियो । स्पेनको यि दुई ‘बिग टु’ बीचको ब्लकबस्टर भिडन्त निकै रोमाचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

मुख्य खेलाडी

१७ वर्षीय लामिन यामल अहिले विश्वकै उत्कृष्ट खेलाडी हुन् । मंगलबार इन्टरले किशोरलाई चुप लगाएपनि यस सिजनमा उनले ला लिगामा १८ गोलको योगदान दिएका छन् । उनी कुनै पनि समयमा खेल जित्ने क्षण उत्पादन गर्न सक्षम छन् ।

राफिन्हाको बारेमा पनि त्यस्तै भन्न सकिन्छ जसको नाममा २५ गोल योगदान छ । यि जोडीले पेनाल्टी क्षेत्र भित्र र वरपर गोलको खतरा सिर्जना गर्नुसँगै गोल गर्न सक्छन् ।

मिडफिल्डमा पेड्री बार्सिलोनाको लागि मुटु नै हुनेछन् जहाँ ड्यानी ओल्मो, फर्मिन लोपेज, फ्रेंकी डे जोङ र गावीसँगै मिडफिल्डमा खेल्न प्रतिस्पर्धा गर्नेछन् । यिनीहरुबाटै बार्साले रियललाई नियन्त्रण गर्न खोज्नेछ ।

बार्सिलोनाको हाई लाइन पछाडि केलियन एमबाप्पे र भिनिसियस जुनियर खतरा हुनेछन् भने जुड बेलिङहम अर्काे हतियार हुनेछ । फेडे भाल्भर्डेको ऊर्जा पनि महत्वपूर्ण हुनेछ ।

रियलको पहिलो रोजाईको धेरैजसो डिफेन्डर नभएको अवस्थामा, थिबाउट कोर्टुवा निकै व्यस्त हुन सक्छ । बार्सिलोनालाई हराउन र आफ्नो उपाधि आशा जीवित राख्न रियलले ऐतिहासिक प्रदर्शन गर्नुपर्ने हुन्छ ।

चोटको चपेटा

क्लासिकोमा बार्सिलोनालाई चोटले पनि सताउने सम्भावना छ । अलेजान्ड्रो बाल्डेले क्लासिको गुमाउने सम्भावना छ । जसको अर्थ जेरार्ड मार्टिनले लेफ्ट ब्याकमा खेल्नेछ ।

जुल्स कुन्डे चोटका कारण अनुपस्थित हुनेछन् । मार्क कासाडो र मार्क बर्नाल बाहिरै छन् । रोबर्ट लेवान्डोस्कीले परिवर्तित खेलाडीको रुपमा खेल्ने सम्भावना छ ।

यता, रियल अझै पनि रक्षात्मक विकल्पहरूको लागि मैदानमा अत्यन्तै कमजोर छ किनकि डानी कार्भाजल, एडर मिलिटाओ, फर्लान्ड मेन्डी, एन्टोनियो रुडिगर र डेभिड अलाबाले पनि मोन्टजुइकमा बार्सिलोनाविरुद्धको खेल गुमाउने पक्का छ ।

क्लासिको अघि बार्सिलोनाको ३४ खेलबाट ७९ अंक तथा रियलको समान खेलबाटै ७५ अंक छ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.