default_image

7 months ago

May 11, 2025

न्युक्यासलसँग चेल्सीको हार

422 views

0 Bookmark

एजेन्सी – न्युक्यासल युनाइटेडले च्याम्पियन्स लिग छनोट सम्भावनालाई थप मजबुत बनाएको छ ‌।

प्रिमियर लिगका आइतवार १० खेलाडीमा सीमित चेल्सीलाई २-० ले पराजित गर्दै न्युक्यासलले च्याम्पियन्स लिगको छनोटतर्फ एक कदम अघि बढ्यो।

सेंट जेम्स पार्कमा भएको भिडन्त अघि दुवै टोलीको समान ६३ अंक थियो । गोलअन्तरका आधारमा एस्टन भिल्लालाई पछि पारेर चौथो र पाँचौं स्थानमा थिए।

एडी हाउको टोलीले प्रतियोगितामा शीर्ष पाँचमा स्थान सुरक्षित गर्न ठूलो कदम चाल्यो, जसमा सान्द्रो टोनालीले दोस्रो मिनेटमै गोल गर्दै सुरुवात गरे।

चेल्सीका निकोलस ज्याक्सनलाई स्वेन बोटम्यानमाथि घातक प्रहार गरेपछि गम्भीर फाउलको कारण रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाइयो।

तथापि, दोस्रो हाफमा उनीहरूको प्रदर्शनमा सुधार देखिएको थियो र न्युक्यासललाई दबावमा राखेका थिए।

तर ब्रुनो गुइमारायसको ९०औं मिनेटमा डिफ्लेक्टेड प्रहारले न्युक्यासलका लागि जित सुनिश्चित गर्‍यो । जसले म्यानचेस्टर सिटीलाई उछिनेर तेस्रो स्थानमा पुर्‍यायो।

न्युक्यासल अब ६६ अंकसहित चेल्सीभन्दा ३ अंकले अघि छ। चेल्सी यो सप्ताहन्तपछि च्याम्पियन्स लिग स्थानभन्दा बाहिर रहन सक्छ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.