7 months ago
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा टोली भारतमा जारी साफ यु-१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।
श्रीलंकालाई आइतवार ५-० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंका भने बाहिरिएको छ।
भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा श्रीलंका विरूद्ध नेपालले पहिलो हाफमा एकपक्षीय दबाब बनायो। गोल गर्ने मौका पनि सिर्जना गर्यो। अग्रता बनाउन भने पहिलो हाफको इन्ज्युरी समय नै कुर्नु पर्यो।
इन्ज्युरी समयको चौथो मिनेटमा राम थापाको लामो क्रसमा सुजन डंगोलले बक्सभित्रबाट उत्कृष्ट गोल गरे। पहिलो हाफ १- ० को अग्रता बनायो।

दोस्रो हाफमा नेपालले थप ४ गोल गर्यो। सुभाश बमको क्रसमा डिफेन्डरहरूले क्लियर गर्न नसकेको बलमा धर्मेन्द्र कुँवरले बक्सभित्रबाट गोल गरे। नेपालले अग्रता दोब्बर बनायो।
खेलको ७७ औं मिनेटमा सुभाशले बक्सभित्र बललाई उत्कृष्ट शैलीमा कन्ट्रोल गर्दै हानेको लेफ्ट फुटेट सटले सही दिशा लियो। यो गोलमा पनि श्रीलंकाको डिफेन्स कमजोर रहयो।
९० औं मिनेटमा सुजनको क्रसमा सब्स्टिच्युट विज्ञान खड्काले गोल गरे। नेपाल यतिमा मात्र रोकिएन। इन्ज्युरी समयको चौथो मिनेटमा लक्षु थापाले करिब २५ यार्ड टाढाबाट हानेको फ्रि-किक प्रहार सिधै गोलमा परिणत भयो।
समूह ‘बी’ को पहिलो खेलमा भारतले श्रीलंकालाई ८-० ले हराएको थियो । नेपालले मंगलबार भारतको सामना गर्नेछ । त्यो खेलले समञह विजेताको निर्णय गर्नेछ।
नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को यू१८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]