default_image

7 months ago

May 11, 2025

युनाइटेड र टोटनहम पराजित

564 views

0 Bookmark

एजेन्सी – वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराउँदै फेब्रुअरीपछि प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ।

ओल्ड ट्राफोर्डमा आइतवार भएको खेलमा टमास साउसेकले २६औं मिनेटमा मोहम्मद कुडुसको पासमा गोल गर्दै सिजनको नवौं गोल गरे।

कुडुसले हामर्सका लागि खेलभरि अवसर सिर्जना गर्न प्रयास जारी राखे । दोस्रो हाफको मध्यतिर जारोड बोवेनले बक्सभित्रबाट अर्को लो पासमा गोल गर्दै अग्रता दोब्बर बनाइदिए।

युनाइटेडले खेलको अन्त्यतिर कम्तीमा गोल फर्काउने प्रयास गर्‍यो । जहाँ रस्मुस होयलुनले केही अवसर पाए तापनि गोल गर्न असफल रहे।

यो सिजन युनाइटेडको घरेलु मैदानमा यो नवौं प्रिमियर लिग हार हो । जुन सन् १९६२ पछि पहिलो पटक भएको हो।

वेस्ट ह्यामले सन् २००७ पछि ओल्ड ट्राफोर्डमा पहिलो जित हासिल गरेको छ। साथै २००६/०७ सिजनपछि युनाइटेडविरुद्ध दुवै लेगमा जित‌ निकालेको छ।

यस जितसँगै वेस्ट ह्याम लिग तालिकामा १५औं स्थानमा उक्लिएको छ । युनाइटेड १६औं स्थानमा झरेको छ । अर्को खेलमा १० खेलाडीमा सीमित चेल्सीलाई २-० ले पराजित गर्दै न्युक्यासलले च्याम्पियन्स लिगको छनोटतर्फ एक कदम अघि बढ्यो।

न्युक्यासल अब ६६ अंकसहित चेल्सीभन्दा ३ अंकले अघि छ।  चेल्सी यो सप्ताहन्तपछि च्याम्पियन्स लिग स्थानभन्दा बाहिर रहन सक्छ।

अर्को खेलमा क्रिस्टल प्यालेसले टोटेनहमलाई २-० ले हराएको छ। नटिङ्घम फरेस्ट र लेस्टर सिटीले २-२ को बराबरी खेलेका छन्।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.