7 months ago
May 11, 2025
एजेन्सी – वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराउँदै फेब्रुअरीपछि प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ।
ओल्ड ट्राफोर्डमा आइतवार भएको खेलमा टमास साउसेकले २६औं मिनेटमा मोहम्मद कुडुसको पासमा गोल गर्दै सिजनको नवौं गोल गरे।
कुडुसले हामर्सका लागि खेलभरि अवसर सिर्जना गर्न प्रयास जारी राखे । दोस्रो हाफको मध्यतिर जारोड बोवेनले बक्सभित्रबाट अर्को लो पासमा गोल गर्दै अग्रता दोब्बर बनाइदिए।
युनाइटेडले खेलको अन्त्यतिर कम्तीमा गोल फर्काउने प्रयास गर्यो । जहाँ रस्मुस होयलुनले केही अवसर पाए तापनि गोल गर्न असफल रहे।
यो सिजन युनाइटेडको घरेलु मैदानमा यो नवौं प्रिमियर लिग हार हो । जुन सन् १९६२ पछि पहिलो पटक भएको हो।
वेस्ट ह्यामले सन् २००७ पछि ओल्ड ट्राफोर्डमा पहिलो जित हासिल गरेको छ। साथै २००६/०७ सिजनपछि युनाइटेडविरुद्ध दुवै लेगमा जित निकालेको छ।

यस जितसँगै वेस्ट ह्याम लिग तालिकामा १५औं स्थानमा उक्लिएको छ । युनाइटेड १६औं स्थानमा झरेको छ । अर्को खेलमा १० खेलाडीमा सीमित चेल्सीलाई २-० ले पराजित गर्दै न्युक्यासलले च्याम्पियन्स लिगको छनोटतर्फ एक कदम अघि बढ्यो।
न्युक्यासल अब ६६ अंकसहित चेल्सीभन्दा ३ अंकले अघि छ। चेल्सी यो सप्ताहन्तपछि च्याम्पियन्स लिग स्थानभन्दा बाहिर रहन सक्छ।
अर्को खेलमा क्रिस्टल प्यालेसले टोटेनहमलाई २-० ले हराएको छ। नटिङ्घम फरेस्ट र लेस्टर सिटीले २-२ को बराबरी खेलेका छन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]