7 months ago
May 12, 2025
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी यो सिजनको अन्त्यमा स्पेनी क्लब छाडेर ब्राजिलियन राष्ट्रिय टोलीको नयाँ प्रशिक्षक बन्ने भएका छन् ।
६५ वर्षीय इटालियन प्रशिक्षकले ला लिगा सिजनको समाप्तिपछि मे २६ मा ब्राजिलको जिम्मेवारी आधिकारिक रुपमा सम्हाल्ने बताइएको छ।
उनी स्यान्टियागो बर्नाबेउ क्लबका सबैभन्दा सफल प्रशिक्षकहरूमध्ये एकका रुपमा क्लब छाड्दै छन्।
एन्सेलोट्टीले दुई कार्यकालमा रियलको प्रशिक्षकका रूपमा १५ उपाधि जितेका छन् । गएको सिजन उनले रियललाई च्याम्पियन्स लिग र ला लिगा दुवै जिताएका थिए ।
तर, आइतबारको ‘एल क्लासिको’ पराजयपछि रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ७ अंकले पछि परेपछि उनको बिदाइ पक्का जस्तै देखिएको थियो । ला लिगामा यो सिजन ३ खेल मात्र बाँकी छन्।
बार्सिलोनाले अत्यन्तै खराब प्रदर्शन नगरेसम्म, यो नतिजाले रियल ४ वर्षमा पहिलो पटक उपाधिविहीन सिजन समाप्त गर्ने लगभग निश्चित देखिन्छ।
ब्राजिलियन फुटबल कन्फेडेरेसन (सिबिएफ ) को विज्ञप्तिमा एन्सेलोट्टीलाई खेलको एक महान व्यक्ति भनेर वर्णन गरेको छ । टिमको जिम्मेवारी एक विदेशी प्रशिक्षकलाई दिइनु ऐतिहासिक कदम भएको पनि बताएको छ ।
५ पटकको फिफा विश्वकप विजेता ब्राजिल टोली र युरोपका ठूला प्रतियोगितामा अद्वितीय कीर्तिमान बनाएका प्रशिक्षकबीचको मिलनलाई सिबिएफले एतिहासिक क्षण रहेको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सिबिएफ एन्सेलोट्टीलाई हार्दिक स्वागत गर्दछ र उनको नेतृत्वमा नयाँ सफलताको युग प्रारम्भ हुने आशा राख्दछ।’
सिबिएफले प्रशिक्षकको अनुबन्ध अवधि समाप्त हुनु अघि नै सहजीकरण गरेकोमा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई धन्यवाद पनि दिएको छ। एन्सेलोट्टीको हालको सम्झौता सन् २०२६ को जुनमा समाप्त हुने तय भएको थियो।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]