default_image

7 months ago

May 12, 2025

झापा पाँचौ स्थानमा उक्लियो

576 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज झापा फुटबल क्लब विजयी भएको छ।जित नयाँबस्ती युथ क्लबलाई ३-१ ले माथ दिंदै झापा लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।

एन्फा कम्प्लेक्समा भएको खेलको पाँचौ मिनेटमा नै झापाले अग्रता बनायो। बबिन बोहराले गोल गरे। ३९ औं मिनेटमा राजेश दाहालले झापाको लागि दोस्रो गोल गरे। पहिलो हाफ २-० को नतिजामा सकियो।

खेलको ६८ औं मिनेटमा सुमन योङयाले नयाँबस्तीको लागि गोल गरे। खेल २-१ को स्थितिमा पुग्यो। खेलमा फर्कने संकेत देखाएको नयाँबस्तीले थप गोल गर्न भने सकेन ।

८५ औं मिनेटमा राजेश दाहालले व्यक्तिगत दोस्रो गोल गरे। यो सँगै झापा ३-१ को सहज जित निकाल्न सफल रहयो।

झापा १५ अंक सहित लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। नयाँबस्ती मात्र ८ अंक सहित लिगको पुछारमा रहेको छ। यो हारमा टोलीको रेलिगेसन खतरा बढेको छ।

आजै भएको पहिलो खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) ले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई २-१ ले हराएको थियो।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.