7 months ago
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल कमिटीले सरस्वती युवा क्लबका खेलाडी धिरेन्द्र बहादुर शाहमाथिको निलम्बन फुकुवा गर्दै जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग २०८१ मा सहभागी हुन अनुमति दिएको छ ।
यसअघि एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले शाहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर सो निर्णयविरुद्ध परेको अपिलको आधारमा अपिल कमिटीले पहिलेको निर्णयहरूलाई बदर गर्दै शाहलाई पुनः खेल्न पाउने बाटो खुला गरिदिएको हो ।
साथै अपिल कमिटीले नयाँबस्ती युवा क्लब र सरस्वती युवा क्लबबीच भएको खेलमा प्रतियोगिता कमिटीले नयाँबस्तीको पक्षमा दिएको ३-० को नतिजा उल्टाउँदै सरस्वती युवा क्लबको पक्षमा निर्णय सुनाएको छ । उक्त खेल सरस्वतीले १-० ले जितेपनि समितिले नयाँवस्तीको पक्षमा निर्णय सुनाएको थियो ।
एन्फाको निर्णयअनुसार अब सरस्वती क्लबले उक्त खेलको जित आफ्नो पक्षमा पाउनेछ र धिरेन्द्र शाह पनि लिगमा सहभागी हुन पाउनेछन् ।
सरस्वती क्लबका अध्यक्ष उत्तमराज भण्डारीले आफूले फुटबलमा बिताएको ३५ वर्षको लामो करियरमा यो घटनालाई अहिलेसम्मको काहालीलाग्दो भएको हाम्रो खेलकुद डट कमलाई बताए । ‘विना कुनै कारण र दोष एउटा खेलाडी माथी गरिएको यो कारबाहीपछिको फुकुवा ठुलो चोटको मल्हम मात्र हो । यसको हिसाब किताब यतिमा मात्र सकिँदैन,’ भण्डारीले बताए ।
एन्फाको साधारण सभामा एएफसीका प्रतिनिधिसँग खेलाडीमाथि एन्फाले गरेको अन्यायको बारेमा जानकारी गराएर मात्र यो संभव भएको पनि भण्डारीले स्पष्ट पारे ।
अफिल कमिटीले के कारण शाहलाई निर्दोष करार दियो भनेर हामीले एन्फा प्रवक्ता सुरेश शाहलाई सोध्दा अफिल कमिटी स्वतन्त्र कमिटी भएकोले उनीहरूले यसको जवाफ दिन नपर्ने बताए । अपिल कमिटी अशोक कुमार पोखरेलको संयोजकत्वमा रहेको छ ।
निर्दोष खेलाडी शाहले लिगको ९ खेल गुमाए। उनलाई मानसिक असर पनि परेको कारण प्रशिक्षण पनि निरन्तर हुन नसकेको र आजको खेलमा केहि बेर खेल्न सक्ने क्लबका अध्यक्ष भण्डारीले बताए ।
यसअघि चैत्र ७ गते नयाँबस्ती युथ क्लबले शाहले दुई क्लब टुसाल र सरस्वती युथ क्लबसँग सम्झौता गरेको भन्दै उजुरी दर्ता गराएको थियो । त्यतिबेला एन्फाले दुवै क्लबसँग सम्झौता गरेको प्रमाण भेटिएको आरोपको आधारमा उनलाई लिगमा सहभागी हुन रोक लगाएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]