default_image

7 months ago

May 13, 2025

सरस्वतीको जितमा धिरेन्द्रको गोल

1730 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती युथ क्लबले वीरगन्ज युनाइटेडलाई ३-० ले हराएको छ । प्रतिबन्ध फुकुवासँगै मैदान फर्किएका धीरेन्द्र शाह सरस्वतीको लागि गोल गर्न सफल रहे ।

एन्फा कम्प्लेक्समा भएको खेल एकपक्षीय बन्यो । ज्ञानेन्द्र जोशीले १८ औं मिनेटमा सरस्वतीलाई अग्रता दिलाए । पहिलो हाफ एक शुन्यको नतिजामा सकियो ।

वीरगन्ज दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । सरस्वती दुई गोल थप्न सफल रहयो । नरेश कुमार खत्रीले ५६ औं मिनेटमा गोल गर्दै सरस्वतीको अग्रता दोब्बर पारे ।

यसपछि धीरेन्द्रले ७६ औं मिनेटमा गोल गरे । आजै मात्र प्रतिबन्ध फुकुवा भएपछि मैदानमा उत्रेका उनले मैदान पसेको केहि मिनेटमै गोल गरे ।

योसँगै उनले मैदानबाट प्रतिबन्ध लगाएको एन्फालाई गतिले जवाफ समेत दिएका छन् । प्रतिबन्ध अगाडि उनले सुरूवाती दुई खेलमा २ गोल गरेका थिए । उनले यसपछि प्रतिबन्धको कारण ८ खेल गुमाए ।

३-० को जितमा १५ अंक बनाएको सरस्वती लिगको सातौं स्थानमा उक्लिएको छ । वीरगन्जसँग १६ अंक रहेको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.