7 months ago
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापाले
अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् ।
थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ ।
बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको एन्फाको नियमित साधारण सभामा थापा र उनका छोरा गौरव थापालाई प्रवेशमा रोक लगाइएको थियो।
थापा सि डिभिजन क्लब आरसी ३२ र गौरव काठमाडौं जिल्ला फुटबल संघको प्रतिनिधिका रुपमा साधारण सभामा भाग लिन गएपनि उनीहरूलाई हलमा प्रवेश गर्न दिइएन ।
त्यसअघि उच्च अदालतले उनलाई साधारणसभामा भाग लिन पाउने रोक्नु नपर्ने आदेश गरे पनि एन्फाले त्यसलाई वेवास्ता गरेको थियो। त्यसैलाई आधार गरेर थापाले अवहेलनाको मुद्दा हालेका हुन् ।

आफूलाई रोक लगाउने कार्यले सम्मानित उच्च अदालतबाट बैशाख २४ भएको अन्तरिम आदेशको अवज्ञा हुन गएको तथा अदालतको न्याय सम्पदन कार्यमा अवरोध हुनुका साथै सम्मानित अदालतको अवहेलना भएको थापाको निवेदनमा उल्लेख छ ।
एन्फाको अनुशासन समिति र इथिक्स कमिटीले थापा र उनका छोरालाई साधारण सभामा भाग लिन नदिने निर्णय गरेपनि उच्च अदालतले त्यसलाई अस्विकार गर्दै सभामा जान बाटो खोलेको थियो । तर, त्यो आदेशलाई एन्फाले अटेर गरेको थियो ।
पछि एन्फाले आरसी ३२ र काठमाडौं जिल्ला फुटबल संघलाई साधारण सभामा प्रतिनिधि किन नपठाएको भन्दै पत्राचार गरेको बताइएको छ।
आज उच्च अदालतका न्यायाधीशद्वय खडानन्द तिवारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मुद्दामा सुनवाइ गर्दै ७ दिनभित्र एन्फा अध्यक्ष नेम्वाङको लिखित जवाफ मागेका हुन् । आफैं आएर जवाफ दिन वा कानुन बमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]