default_image

7 months ago

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

2609 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।
बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरेको साविकको उपविजेता नेपालले केही आक्रमण बुनेपनि गोलको खाता खोल्न सकेन । तर, खेलको अन्त्यतिर लय गुमाउँदा ९ मिनेटको अन्तरमा दुई गोल खान पुगेको थियो । लगत्तै एक गोल फर्काएपनि जितको लागि पर्याप्त बनेन ।

भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा शुक्रबार भएको खेलको ७३औं मिनेटमा आशिखुर रहमानले गोल गर्दै बंगलादेशलाई १–० को अग्रता दिलाए । कप्तान फैजलको कर्नरमा अनमार्क रहेका अग्ला कदका उनले हेडरमार्फत बललाई फारफोस्टको दिशा दिए ।

८१औं मिनेटमा कप्तान फैजलले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारे । नेपाली रक्षक प्रशान्त मोत्तानले क्लियर गर्न नसकेको बललाई मनिकले नियन्त्रणमा लिदै आफैले गोल गर्न सक्ने स्थितिमा पनि कप्तान फैजललाई पास दिदा उनले कुनै गल्ती गरेनन् ।

८७औं मिनेटमा सुजनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर नेपाललाई खेलमा फर्काउने संकेत दिए । रन्जित लामाको क्रसमा सुजनले बक्सभित्रबाट सहजै गोल गर्न सफल भएका थिए । तर, त्यसपछि गोल नहुँदा नेपाल पराजित हुन पुग्यो ।

अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ । नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र २०१७ को यु १८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.