7 months ago
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् ।
कोपिला खड्का, सबित्रा किशन, सजनी थोकर, सेमी हाङमा लिम्बु पन्धक, यशोदा शाही, अञ्जली चन्द, बिर्सना चौधरी, हेमा चौधरी, कुसुम खतिवडा, साहरा लिम्बु, सम्झना लावती, सेनु परियार, सुखरिया सुक्लुकु, सुक्रिया मिया, अनिता लम्जेल, जेनिपÞmर मगर र समीक्षा राई बाहिरिएका छन् ।
छनोट प्रतियोगिताको तयारीस्वरूप नेपालले थाइल्याण्डसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने तय छ । पहिलो खेल मे ३० मा बन्द प्रशिक्षणमैत्री खेलको रुपमा हुनेछ भने दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जुन २ मा हुनेछ । दुवै खेल बैंककमा हुनेछ ।
यि दुई खेललाई एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट चरणको तयारीको रुपमा हेरिएको छ । छनोट प्रतियोगितामा नेपाल रहेको समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तान रहेका छन् । छनोट चरणका खेलहरु २३ जुनबाट ५ जुलाईसम्म चल्नेछ ।
प्रशिक्षक तामाङलाई थाइल्याण्ड भ्रमणसम्मको लागि मुख्य प्रशिक्षकको रुपमा राखिएको छ ।
३१ सदस्यीय टोली
गोलकिपर – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ , लिला जोशी
डिफेन्डर – गीता राना, निशा थोकर, अमृता जैशी, पुजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी , सविना चौधरी
मिडफिल्डर – रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सरस्वती हमाल, हेमा राउत, तुलसा बोहरा, विमला चौधरी, अनिता बस्नेत, सविता राना मगर, सुष्मा तामाङ
फरवार्ड – सावित्रा भण्डारी, रेखा कुमारी पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्र भण्डारी, मिना देउवा, ममता पुन र पूर्णिमा राई
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]