7 months ago
May 19, 2025
एजेन्सी – सानदार पुनरागमन गर्दै फुलहमले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३-२ ले हराएको छ । योसँगै फुलहमले शीर्ष आठमा यो पटकको लिग सकाउने झिनो आशालाई कायमै राखेको छ।
आदामा ट्राओरेको क्रसमा राउल जिमेनेजको हेडर गोलमा फुलहमले १६ औं मिनेटमा अग्रता बनायो। तर यसको ६ मिनेटमै ब्रेन्टफोर्डका ब्रायन म्बुएमोले बराबरी गोल फर्काए।
खेलको २८ औं मिनेटमा प्राप्त पेनाल्टीमा ब्रायन म्बुएमोले गोल गर्न सकेनन। तर ४३ औं मिनेटमा फुलहमको डिफेन्सले क्लियर गर्न नसकेको बलमा क्रिस्टियन नोर्गार्डको हेडर पासलाई योने विसाले गोल गरे। यो सँगै ब्रेन्टफोर्डले पहिलो हाफमा २-१ को अग्रता बनायो।
दोस्रो हाफमा फुलहमले उत्कृष्ट कमब्याक गर्यो। ६८ औं मिनेटमा टम केर्नीले उत्कृष्ट हेडर गोल गरे। खेल २-२ को बराबरीमा पुग्यो। केर्नीको सम्झौता यस सिजनको अन्त्यमा सकिँदैछ र उनी लिग वान उपविजेता रेक्सह्यामसँग जोडिएका छन्।
त्यसपछि ७० औं मिनेटमा ह्यारी विल्सनले उत्कृष्ट कर्लिङ प्रहार सुन्दर गोलमा परिणत भयो। फुलहम ३-२ को जित निकाल्न सफल भयो।
फुलहमले ३७ खेलबाट ५४ अंक बनाएको छ। योसँगै क्लबको प्रिमियर लिग इतिहासमा सबैभन्दा बढी अंक जोड्ने कीर्तिमान पनि बनाउन सफल भयो। फुलहम लिगको दशौं स्थानमा रहेको छ। आठौं स्थानमा रहेको ब्रेन्टफोर्डसँग ५५ अंक छ।
अर्को खेलमा एभर्टनले लिगको पुछारमा रहेको साउथह्याम्पटनलाई २-० ले हरायो। उसको जितमा इलिमान एन्डायेले दुई गोल गरे। जितमा एभर्टनले ४५ अंक बनाएको छ।
यस्तै लेस्टर सिटीले इप्सविचलाई २-० ले माथ दिएको छ। दुवै टिम रेलिगेसनमा परिसकेका छन्।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]