7 months ago
May 21, 2025
एजेन्सी- म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको छनोटको सम्भावनालाई थप मजबुत बनाएको छ।
सिटीले इंग्लिस प्रिमियर लिगमा मंगलवार एएफसी बर्नमाउथलाई ३-१ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ। बर्नमाउथको युरोपेली फुटबल खेल्ने आशा समाप्त भएको छ ।
घरेलु मैदानमा १४ औं मिनेटमा ओमार मार्मुशको शानदार गोलले पेप ग्वार्डिओलाको टोलीलाई प्रारम्भिक अग्रता दिलायो।
क्लबका लागि अन्तिम घरेलु खेल खेलिरहेका केभिन डि ब्रुयनाले दोस्रो गोलको सुनौलो मौका गुमाए । तर त्यसपछि बर्नार्डो सिल्भाले ३८ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।

माटेओ कोभासिचको रातो कार्डका कारण डि ब्रुयनाको इटिहाड स्टेडियममा बिदाइ खेल समयअघि नै टुंगियो। तर, उनको स्थानमा मैदान प्रवेश गरेका निको गोन्जालेजले ८९औं मिनेटमा तेस्रो गोल गरे। त्यसअघि बर्नमाउथका लुइस कुकले पनि रातो कार्ड पाएका थिए। दुबै टोलीले १० खेलाडीमा खेलको अन्त्य गरे।
ड्यानियल जेब्बिसनले ११औं स्थानमा रहेको बर्नमाउथका लागि इन्ज्युरी समयको छैटौं मिनेटमा एक सान्त्वना गोल फर्काए । सिटीका स्टार रोड्री लामो प्रतीक्षापछि बेञ्चबाट मैदानमा फर्किए।
सिटी ६८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लियो। आइतवार फुलहममसँग सिजनको अन्तिम खेलबाट १ अंक जोडेमा सिटी शीर्ष ५ मा स्थान सुरक्षित हुनेछ।
अर्को खेलमा क्रिस्टल प्यालेसले उल्भ्सलाई ४-२ ले पराजित गर्यो। ५२ अंकसहित प्यालेस १२ औं स्थानमा छ। १४ औं स्थानको उल्भ्सको ४१ अंक छ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]