default_image

5 months ago

July 16, 2025

यामालविरुद्ध अनुसन्धान हुन सक्ने

6140 views

0 Bookmark

एजेन्सी – स्पेनको सामाजिक अधिकार मन्त्रालयले बार्सिलोनाका विङ्गर लामिन यामालविरुद्ध अनुसन्धान गर्न देशको अभियोजन कार्यालयलाई आग्रह गरेको छ

यामालले आफ्नो १८औं जन्मदिनको पार्टीमा बौने (कम उचाइ ) व्यक्तिहरूलाई प्रस्तुति दिन व्यवसायीक रुपमा संलग्न गराइएको रिपोर्ट सार्वजनिक भएको छ।

यामालले आइतवार बार्सिलोनाबाट ५० किलोमिटर उत्तर–पश्चिममा पर्ने ओलिभेला नामक सानो सहरमा भाडामा लिएको घरमा पार्टी आयोजना गरेका थिए। पार्टीमा युट्युबरहरू, इन्फ्लुएन्सरहरू र बार्सिलोनाका केही सहकर्मी उपस्थित रहेको बताइएको छ।

यामालले बौनेपन भएका केही मनोरञ्जनकर्मीहरूलाई प्रस्तुति दिन व्यवसायीकरुपमा लिएका थिए।
स्पेनको आकन्ड्रोप्लासिया तथा अन्य अस्थि-विकृति सङ्घ (एडिइइ) ले त्यसलाई २१औं शताब्दीमा अस्वीकार्य भनेको छ।

सामाजिक अधिकार, उपभोक्ता मामिला र २०३० एजेन्डाअन्तर्गत पर्ने अपाङ्गता सेवा व्यवस्थापन महानिर्देशनालयले भनेको छ, ‘एडिइइले कानुनी उजुरी दायर गरेको छ। त्यसैले, यो महानिर्देशनालयले अभियोजन कार्यालयलाई अनुसन्धान गर्न र यस कार्यले कानुन तथा अपाङ्ग व्यक्तिहरूका अधिकार उल्लङ्घन गरेको हो कि होइन भन्ने निर्धारण गर्न आग्रह गरेको छ।’

एडिइइले भनेको छ, ‘हामी सार्वजनिक रूपमा बौने व्यक्तिहरूलाई मनोरञ्जनका लागि प्रयोग गरिएको घटनाको भर्त्सना गर्छौं । संस्थाले थप कानुनी कारबाही गर्ने छ । यस्ता कार्यले रूढीवादी धारणालाई कायम राख्छ, विभेदलाई बढावा दिन्छ र अपाङ्ग व्यक्तिहरूको छवि तथा अधिकारमा आँच पुर्‍याउँछ।’

तर, एक स्पेनिस रेडियोको अन्तर्वातामा त्यहाँ उपस्थित एक बौने प्रस्तोताले यामालको बचाउ गरे।
उनले भने,’हामीलाई कसैले अपमान गरेन, हामी शान्तिपूर्वक काम गर्‍यौँ। म बुझ्दिन यति ठूलो हल्ला किन गरिएको छ। हामी पनि सामान्य मानिस हौं, जो कानुनी रूपमा जे गर्न चाहन्छौं त्यो गर्छौं।
हामी मनोरञ्जनकर्मीका रूपमा काम गर्छौं। हाम्रो शारीरिक अवस्थाका कारण हामीले यो काम गर्न नपाउने? हामीलाई हाम्रा सीमाहरू थाहा छ र कहिल्यै त्यो पार गर्दैनौं । हामी कुनै मेलापातका खेलौना होइनौं।’

उनले कार्यक्रम एक घन्टा मात्र चलेको बताए र त्यसपछि प्रस्तोताहरू पनि पार्टीमा सहभागी भएका थिए।
उनले थपे,’हामी नाच्छौं, पेय पदार्थ बाँड्छौं, जादू देखाउँछौं । शोका विभिन्न प्रकार हुन्छन्। सबैले रमाइलो गरेका थिए।’

बार्सिलोनाका प्रवक्ताले यो निजी क्षेत्रसँग मात्र सम्बन्धित घटना भएकाले क्लब टिप्पणी गर्ने अवस्थामा नरहेको र जानकारी प्राप्त भएपछि क्लबले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने सक्ने बताएका छन्।

बार्सिलोनाको सोमवार सुरु भएको प्रि सिजन प्रशिक्षणमा यामाल सामेल भइसकेका छन्।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.