default_image

5 months ago

July 16, 2025

डियाजका लागि बायर्नको प्रस्ताव अस्वीकार

463 views

0 Bookmark

एजेन्सी – लिभरपुलले लुइस डियाजका लागि बायर्न म्युनिखले गरेको ५८.६ मिलियन पाउण्डको सुरुआती प्रस्ताव अस्वीकार गरेको छ।

जर्मन क्लब बायर्नले केही हप्ता अघि लिभरपुलसँग डियाजको बारेमा सम्पर्क गरेको बताइएको छ। तर त्यसबेला नै लिभरपुलले स्पष्ट रूपमा डियाज बिक्रीका लागि नरहेको जनाएको थियो।

मंगलबार आफ्नो धारणा झनै बलियो बनाउँदै लिभरपुलले २८ वर्षीय कोलम्बियन फरवार्डका लागि बायर्नको पहिलो प्रस्ताव अस्वीकार गर्‍यो।

डच प्रशिक्षक आर्ने स्लटको टोलीमा डियाजलाई एक महत्त्वपूर्ण सदस्यको रूपमा हेरिन्छ। लिभरपुलले उनलाई ८७ मिलियन पाउण्ड भन्दा बढी मूल्यांकन गरेको छ।
उनको लिभरपुलसँगको सम्झौता सन् २०२७ को समर्ा समाप्त हुने छ।

गएको सिजन उनले क्लब र राष्ट्रिय टोलीका लागि गरी २२ गोल गरेका थिए । तीमध्ये १३ गोल प्रिमियर लिगमा थिए । लिभरपुलले दोस्रो स्थानमा टोलीलाई १० अंकले पछि पार्दै प्रिमियर लिग जितेको थियो।

डियाजप्रति अघिल्लो गर्मीयाम म्यानचेस्टर सिटीले चासो देखाएको थियो। उनलाई साउदी अरबमा पनि रुचाउने गरेको बताइएको छ।

लिभरपुल नयाँ स्ट्राइकरको खोजीमा रहेको छ। क्लबले न्युक्यासल युनाइटेडका स्विडिस फरवार्ड अलेक्जेन्डर इसाकप्रति चासो देखाएको छ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.