default_image

5 months ago

July 28, 2025

यु-२० टोलीको घोषणा, एक खेलाडी परिवर्तन

2162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा हुने एएफसी महिला यु–२० एसियन कपको लागि नेपाली युवा टोलीको घोषणा भएको छ ।

टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले आइतबार २३ सदस्सीय टोली नेपाली युवा टोली घोषणा गरेका हुन् ।

बंगलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिपको उपविजेता टोलीमा रहेकी झुमा विश्वकर्मालाई बाहेक सबै निरन्तरता दिएको छ। झुमाको ठाउँमा सजिना स्याङ्तानलाई टोलीमा समेटेकी छिन् ।

नेपाली टोलीले भदौ २१ देखि २६ (अगस्ट ६–११ ) गते सम्म भुटानमा हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह ‘ए’ मा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरबसँग छ । समूहमा रहेको मंगोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।

छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ। ३२ राष्ट्रको सहभागीता रहेको छनोटमा ८ समूह रहेका छन् ।

हरेक समूहका विजेता ८ टोली तथा उत्कृष्ट ३ उपविजेता टोलीले आगामी वर्ष थाइल्याण्डमा हुने यु-२० एसिया कपमा स्थान बनाउनेछ । नेपालको पहिलो खेल आयोजक भुटानविरुद्ध छ ।

नेपाली युवा टोली

लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.