9 years ago
March 12, 2017
दिपक न्यौपाने
बुटबल – सैनामैना गोल्डकप नकआउट फुटबल प्रतीयोगिता यहि साता सुरु हुने भएको छ । रुपन्देहीको सैनामैना वडा नं ७ देवापारको जनप्रिय स्पोर्टस क्लब आयोजनामा मंगलबारबाट सुरु हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष किशोर रानाले बताए ।

सैनामैना नगरपालिको संरक्षणमा सन्चालन हुने गोल्ड कपको विजेता टोलीले उपाधिसहित१ लाख १७ हजार र दोस्रो हुने टोलीले ५८ हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइन पुग्ने दुई टोलीले समान १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
गोल्ड कपमा गोर्खा ब्याइज बुटवल,देशभक्त भैरव एफसी नवलपरासी,न्यु सिर्जना युथ क्लब करौजीया,सुनौलो शान्ति युवा क्लब गजेडी,सैनामैना ११ ,कपिलबस्तु युनाइटेड ,फर्साटिकर एफ.सी. फर्साटिकर, एन्फा एकेडेमी बुटवल, जिल्ला फुटबल सघं कपिलबस्तु ,सालझण्डि युवा सन्जाले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै सालझण्डि ,नवयुवा खेलकुद तथा सास्कृतीक परिवार ठुटिपिपल, सुनौलो संगम युवा क्लब देबिनगर , सिद्धार्थ युवा क्लब बासगढि र अयोजक जनप्रिय स्पोर्टस क्लबको पनि प्रतियोगितामा सहभागिता रहेको छ । सैनामैनाको प्रचारका लागि गोल्डकपलाई सफल पार्नुपर्नेमा शनिबार आयोजित पत्रकार सम्मेलनका वक्ताहरुले जोड दिए ।
क्लबका सल्लाहाकार ठाकुरप्रसाद पाण्डे,कृष्ण बेल्वासे,सैनामैना नगर खेलकुद बिकास समितीका उपाध्यक्ष श्यामप्रसाद अधिकारी, शुभेच्छुक मदन थापा, क्लबका प्रेस सल्लाहाकार दिपक न्यौपाने लगायतले बोल्दै खेलकुदको माध्यमबाट स्थानीयस्तरको विकास सम्भव भएको औल्याए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]