9 years ago
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंका भ्रमणमा रहेको नेपाली युवा टोली आइतबार साँझ जापानको युवा टोलीसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो । एसएफटी दक्षिण एसिया जेएफए यू १६ फुटबल एक्सेन्ज कार्यक्रम अन्तर्गतको पहिलो खेलमा शनिबार नेपाली टोलीले भुटानको युवालाई ७–१ ले हराएको थियो ।

नेपाली यू १५ टोलीले सुरुआतमा केही समय रोकेपनि पछि जापानी यू १६ टोलीले गोलको बर्षा नै गरेको थियो । कर्नरमा आएको बलमा साको मायाले हेडमार्फत १७ औं मिनेटमा पहिलो गोल गरे । कान्डो करुराबाले ह्याट्रिक पुरा गर्ने क्रममा २१ औं, ३२ औं र ३५ औं मिनेटमा गोल गरे ।
कप्तान निसिकावा जुनले ३२ औं र ४७ औं मिनेटमा गोल गरे । ५० औं मिनेटमा नेपाली गोलकिपर रोशन थापाले सुमिको कोसिरोको पेनाल्टी रोकेका थिए । तर, तीनै कोसिरोले ६४ औं मिनेटमा गोल गरे । नाकानोले ५८ औं र ८५ औं मिनेटमा गोल गरे । नेपालले अन्तिम खेल आयोजक श्रीलंकासँग मंगलबार खेल्नेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]