default_image

9 years ago

March 13, 2017

संकटा टुबोर्ग नेपालगञ्ज गोल्ड कपको फाइनलमा

122 views

0 Bookmark

सौरभ गिरी
नेपालगञ्ज– टाइब्रकेरमा विजयी हुँदै सिएमजी क्लब संकटा टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको फाइनल पुगेको छ । साविक विजेता सुदूरपश्चिमाञ्चललाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै संकटा फाइनल पुगेको हो । जारी सिजनमा संकटा फाइनल पुगेको यो छैटौं नकआउट फुटबल प्रतियोगिता हो । यसअघिका ५ वटा फाइनल खेल्दा संकटाले तीन वटा उपाधि जितेको थियो ।
sankata

नेपालगञ्ज रंगशालामा इन्जुरी समयको चौथो मिनेटमा अनिल गुरुङले पेनाल्टीमा गोल फर्काएपछि संकटा खेलमा फर्केको थियो । आरोनले पेनाल्टी बक्समा बल ह्यान्ड गरेपछि संकटाले पेनाल्टी पाएको थियो । निर्धारित खेल १–१ को बराबरीमा टुंगिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा गलिएको थियो ।

खेलको १७ औं मिनेटमा अब्दुलको गोलबाट अग्रता लिएको सुदूरपश्चिमाञ्चलले अन्तिम मिनेटमा गुमाएको थियो । सुदूर पश्चिमका लागि अफ्रिकी खेलाडी अब्दुल ,नरेन्द्र चौधरी र बिजय सिंहले मात्र गोल गरे । चेतन थारु ले प्रहार संकटाका गोलकिपरले  रोके । अन्तिम मिनेटमा सुदूरपश्चिमाञ्चल १० खेलाडीमा सिमित भएको थियो । आरोनले रातो कार्ड खादै मैदान छोडेपछि सुदूरपश्चिमाञ्चलमा एक खेलाडी कम भएका थिए । संकटाले चैत ४ गते अग्नी रुपन्देही ११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग फाइनल खेल्नेछ ।

संकटा यो बर्षको सर्वाधिक सफल टोलीमध्ये एक हो । चितवनमा विकास रनिङ शिल्ड जितेको संकटाले त्यसपछि रुस्लान सिमरा गोल्डकप र फागुन २१ गते तिलोत्तमा गोल्डकपको उपाधि जितेको थियो । संकटाले सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप र १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको पनि फाइनल खेलेको थियो ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता फाइनल चैत ४ गते हुनेछ । विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

टुबोर्ग नेपालगञ्ज गोल्ड कपमा मंगलबारको सेमिफाइनल
अग्नी रुपन्देहीविरुद्ध नेपाल पुलिस

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.