default_image

9 years ago

March 18, 2017

फडेरेसन अस्ट्रेलिया कपमा जगजितको टोलीको हार

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जर्ज क्रस एफसी फुटबल फेडेरेसन अस्ट्रेलिया कपको चौथो चरणमा पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा साइनसाइन एक श्रेणीमाथिको शीर्ष टोली अभोनडेल एफसीसँग टाइब्रेकरमा ४–३ ले पराजित भएको थियो ।

jaggu

निर्धारित ९० र थप ३० मिनेटमा पनि गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुट आउटमा जगजितको टोली पराजित भएको हो । जगतिजले टाइब्रेकरमा पेनाल्टी हानेनन् । भिक्टोरिया स्टेटको नेसनल प्रिमियर लिगमा जगतिजको टोली तेस्रो स्थानमा रहेको छ ।

६ खेलमा ३ जित २ बराबरी र १ खेलमा हार बेहोरेको सनसाइनको ११ अंक छ । नर्थकोट सिटी एफसी १५ अंकसहित शीर्षस्थानमा छ भने दोस्रो स्थानको मोरल्यान्ड जेब्रास एफसीको ११ अंक छ । जगजितले सनसाइनका तीनै जितमा गोल गरेका थिए ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.