9 years ago
March 18, 2017
एजेन्सी – डिफेन्डर क्रेग डसनले दुइ गोल गरेपछि इङ्लिस प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनलले वेष्ट ब्रमविच आल्बीअनसंग ३-१को हार व्येहोरेको छ।

खेलको १२औं मिनेटमा क्रेग डसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए तर त्यसको तिन मिनेटपछि एलेक्सिस स्यान्चेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोश्रो हाफको ५५औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेको १ मिनेट नबित्दै हाल रब्सन कानुले गोल गर्दै वेष्ट ब्रमलाइ पुन: अग्रता दिलाए।
खेलको ७५औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै क्रेग डसनले घरेलु टोलीलाई २ गोलको अग्रता दिलाएका थिए। थप कुनै गोल हुन नसकेपछि आर्सनलले पछिल्लो पाँच खेलमा चौथो हार व्येहोर्यो।
खेलका दौरान आर्सनलका प्रशिक्षक आर्सन वेङ्गरको राजिनामा माग्दै केहि समर्थकले विरोध जनाउदै आकाशमा ब्यानर प्रदर्शन गरेका थिए भने आर्सनलकै अर्को खेमाका समर्थकले सोहि शैलीमा वेङ्गरलाई आफ्नो समर्थन रहेको जानेका थिए। प्रिमियर लिगमा खस्कदो प्रदर्शन र च्याम्पियन्स लिगबाट बाहिरिसकेको अवस्थामा आर्सनलको एकमात्र आशा एफ.ए. कपमा टिकेको छ। आर्सनललले एफ.ए. कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्दैछ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]