9 years ago
March 19, 2017
प्रकाश तिमल्सिना
काठमाडौं – हरेक खेलाडीले राष्ट्रिय टोलीबाट एक दिन विदा लिनैपर्दछ । मात्र यति फरक हो, कतिले अपेक्षा गरे अनुसारको विदाई पाउछन् भने कतिले अनेपेक्षित रुपमा विदा लिनुपर्ने हुन्छ । राष्ट्रिय फुटबल टोलीको नियमित कप्तान रहँदाकै अवस्थामा अनिल गुरुङका लागि यसपटकको टोलीको छनोट अनेपक्षित रह्यो ।

एसियन कप छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध चैत १५ मा हुने पहिलो लेगका लागि शुक्रबार घोषणा गरिएको २० सदस्यीय टोलीमा अनिल परेनन् । यद्दपी एक पटक राष्ट्रिय टोलीमा नपर्दैमा त्यसलाई आफ्नो विदाइका रुपमा भने उनले लिएका छैनन् । एउटा खेलाडीका रुपमा टोलीमा पर्नु वा नपर्नुलाई उनले एकदम ठूलो विषय पनि मान्दैनन् । तर, व्यवस्थापन र प्रशिक्षण टोलीसँग भने उनको गुनासो छ । ‘मैले घरेलु फुटबलमा राम्रो प्रदर्शन गरिरहेको छु । फिट पनि छु,’ उनले भने,‘ तर, त्यस्तो भन्दैमा म टोलीमा पर्नै पर्ने भन्ने होइन । प्रशिक्षकका नजरमा म भन्दा फिट र राम्रो खेलाडी अरु हुन सक्छन् ।
आफु राष्ट्रिय टोलीमा नपरेको अरुबाट सुन्नुपर्दा झनै बढी दुःख लागेको अनिलले बताए ।
तर, एउटा कप्तानका नाताले व्यवस्थापन, प्रशिक्षकहरुले सामान्य सल्लाह गरेको भए राम्रो हुन्थ्यो । त्यसमा मलाई अलि खल्लो लाग्यो ।’ आफु राष्ट्रिय टोलीमा नपरेको अरुबाट सुन्नुपर्दा झनै बढी दुःख लागेको अनिलले बताए । ‘ट्रेनिङबाट फर्केर घरमात्र पुगेको थिए ,’ उनले स्मरण गरे,‘एउटा ‘फ्यान’ ले फोन गरेर दाई तपाईको त नाम छैन नी भन्दा म छ छक्क परे । विश्वास नै लागेन । सँगसँगै दुःख पनि लाग्यो । मलाई राख्नु थिएन भने कम्तीमा एकवचन सोधेको भए मलाई राख्नै पर्छ त भन्ने थिइन ।’ राष्ट्रिय टोलीलाई फिलिपिन्सविरुद्धको खेलका लागि सफलताका शुभकामना दिदै अनिलले थपे,‘ म एउटा खेलाडी हु । मैले खेल जीवनमा सबै खाले उतार चढाव भोगेको छु । म निराश, हतास केही छैन । अझै मेहनत गरेर फेरी राष्ट्रिय टोलीमा पुनरागमन गर्नेछु ।’
सन् २००७ को विश्व कप छनोटमा ओमानविरुद्ध डेब्यू गरेका अनिल चोटका कारण २००८ को च्यालेन्ज कप छनोट र साफ च्याम्प्यिनसिपमा टोली बाहिर थिए । गत बर्ष बंगबन्धु गोल्डकप र केही मैत्रीपूर्ण खेल गुमाउनु बाहेक अनिल लगातार टोलीका सदस्य रहँदै आएका थिए । सन् २०१५ बाट टोलीका कप्तान बनेका अनिलले राष्ट्रिय टोलीबाट ४९ खेल खेल्दै ९ गोल गरेका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]