default_image

9 years ago

March 25, 2017

एपिएफ राजर्षि जनक कपको सेमिफाइनलमा

132 views

0 Bookmark

सर्लाही (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन प्रतिद्वन्द्वि जावलाखेल युथ क्लबलाई शनिबार २–० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । टोलीलाई जित दिलाउन नवीन लामा र राजेन्द्र रावलले गोल गरेका थिए । एपिएफले सोमबारको सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

apf
१४ औं मिनेटमा नवीनले एपिएफलाई अग्रता दिलाएका थिए । सन्तोष श्रेष्ठको पासमा नवीनले गोल गरेका थिए । राजेन्द्रले ६४ औं मिनेटमा गोल गर्दै गोलअन्तर दोब्बर पारेका थिए । रुपबहादुर लामाको कर्नरमा राजेन्द्रले गोल गरेका हुन् । पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता एपिएफले आधा दर्जनभन्दा बढी नकआउट प्रतियोगितामा भाग लिएपनि उपाधि जित्न सकेको छैन ।

दुई मुख्य खेलाडी दाजु भाई रञ्जन र अञ्जन विष्ट अहिले टोलीमा छैनन् । दुई दाजु भाई राष्ट्रिय टोलीमा रहेका छन् । जावलाखेलसँगको खेलमा नवीन म्यान अफ दी म्याच घोषित भएका थिए ।

बागमति युवा क्लबले आयोजना गरेको प्रतियोगितामा आइतबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र हिमालयन शेर्पाबीच पहिलो सेमिफाइनल हुनेछ । मनाङले ब्वाइज युनियन र हिमालयन शेर्पाले सिएमजी क्लब संकटालाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका थिए । प्रतियोगिताको विजेताले ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

राजर्षि जनक कपको आइतबार पहिलो सेमिफाइनल
मनाङविरुद्ध हिमालयन शेर्पा

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.