9 years ago
March 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्सविरुद्ध मंगलबार हुने खेलका लागि नेपाली फुटबल टोली आज राती त्यसतर्फ प्रस्थान गरेको छ । त्रिभुवन विमानस्थलबाट मनिलाको लागि उडेको टोली हङकङ हुँदै त्यहाँ पुग्नेछ । नेपाल र फिलिपिन्सबीच मंगलबार एएफसी एसियन कप छनोटको समूह चरणको पहिलो खेल हुँदैछ । खेल रिजाल रंगशालामा हुनेछ ।

तस्बिर – कमल श्रेष्ठ (राष्ट्रिय फुटबल टोली )
जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा रहेको २० सदस्यीय टोलीको कप्तान विराज महर्जन रहेका छन् ।
मुख्य प्रशिक्षक कोजीले फिलिपिन्स नेपालभन्दा स्तरीय टोली भएपनि जितका लागि प्रयास गर्ने बताएका छन् । मैत्रीपूर्ण खेल विना फिलिपिन्ससँग खेल्नुपर्दा केही कठिनाई भने पक्कै हुने उनको अनुमान छ । कप्तान विराज महर्जनले सके जित नत्र कम्तीमा बराबरी गर्ने लक्ष्यका साथ टोली यात्रामा निस्कन लागेको बताएका छन् ।
कात्तिकको अन्त्यमा एएफसी सोलिडारिटी कप जितेको र ग्वामले भाग लिन नपाउने भएपछि नेपालले फेरी एकपटक एसियन कप छनोट खेल्ने अवसर पाएको हो । झन्डै ५ महिनापछि नेपाली टोली मैदान उत्रने तयारीमा छ । समूह एफमा नेपाल र फिलिपिन्ससहित यमन र ताजकिस्तान रहेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ
रक्षक– डिफेन्समा विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की
मिडफिल्ड – रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन बिष्ट र सुजल श्रेष्ठ
फरवार्ड – विमल घर्तीमगर, भरत खवास, रन्जन विष्ट र कर्ण लिम्बू
प्रशिक्षक टोली – प्रशिक्षक ग्यातोकी कोजी (मुख्य) , राजुकाजी शाक्य (प्रशिक्षक), उज्ज्वल मानन्धर (गोलकिपिङ प्रशिक्षक)
व्यवस्थापक – विराटजंग शाही
चिकित्सक – राजु डंगोल
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]