default_image

7 years ago

March 28, 2017

नेपालविरुद्ध उत्रने फिलिपिनो खेलाडी, जसले चेल्सीदेखि इङ्ल्यान्डबाट समेत खेलेका छन्

दिपेन्द्र पोखरेल काठमाडौँ – पछिल्लो डेढ दशकमा फिलिपिन्सको फुटबल विकास हेर्ने हो भने असाधारण देखिन्छ । सन् २००४ मा फिफा वरियतामा २ सय १६ औ स्थानमा रहेको फिलिपिन्स अहिले झन्डै सय स्थानमाथि छ । अहिलेको फिलिपिन्स वरियताको १ सय २४ औं स्थानमा छ, जुन नेपालको भन्दा ४६ स्थान माथि हो । एसियाली वरियतामा फिलिपिन्स १४ […]

36 views

0 Bookmark

दिपेन्द्र पोखरेल
काठमाडौँ – पछिल्लो डेढ दशकमा फिलिपिन्सको फुटबल विकास हेर्ने हो भने असाधारण देखिन्छ । सन् २००४ मा फिफा वरियतामा २ सय १६ औ स्थानमा रहेको फिलिपिन्स अहिले झन्डै सय स्थानमाथि छ । अहिलेको फिलिपिन्स वरियताको १ सय २४ औं स्थानमा छ, जुन नेपालको भन्दा ४६ स्थान माथि हो । एसियाली वरियतामा फिलिपिन्स १४ औ स्थानमा छ ।
विदेशमा जन्मेका फिलिपिनो मुलका खेलाडीलाई राष्ट्रिय टोलीमा प्राथमिकता दिनु फिलिपिन्स राष्ट्रिय फुटबल टोलीको सुधारको एउटा आधार मनिएको छ । अहिले पनि टोली विदेशमा अनुभव बटुलिसकेका खेलाडीहरु नै मुख्य भूमिकामा छ ।

नेपालविरुद्ध आज साँझ (नेपाली समयअनुसार ५ः४५ बजे) हुने एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा उत्रदा फिलिपिनो प्रशिक्षक थोमस डेनिस डुलेले पूर्ण रुपले बलियो टोली खेलाउने बताइसकेका छन् । विदेशमा जन्मेका फिलिपिनो खेलाडीले युरोप वा अन्यका विभिन्न देशका माथिल्लो डिभिजन क्लबको अनुभव समेत बटुलिसकेका छन् ।

प्रशिक्षक थोमस स्वयम अमेरिकाका पूर्व मिडफिल्डर हुन् । युरोपको अनुभव बटुलेका खेलाडीको टोलीमा कति महत्व छ भन्ने थोमसले राम्ररी बुझेका छन् । अमेरिकाबाट ८१ खेल अन्तर्राष्ट्रिय खेल खेलेका थोमसले जर्मनको पहिलो डिभिजनका क्लब साल्के र र बायर लिभरकुसनबाट खेलेका थिए । २०१४ यता फिलिपिन्सको टोली सम्हालेका थोमससँग तीन बर्ष अमेरिकाको फुटबल टोलीलाइ सहायक प्रशिक्षण गरेको अनुभव समेत छ । युरोपियन फुटबलमा अभ्यस्त रहेका कस्ता खेलाडी नेपालविरुद्ध उत्रन सक्छन् ।

१.यंगहसबेन्ड दाजु भाई – फिल र जेम्स यंगहसबेन्ड इङ्ल्यान्डमा जन्मेका हुन् । स्ट्राइकर र मिडफिल्ड दुवैमा खेल्ने भाई फिल र मिडफिल्डर दाजु जेम्स दुवैको किशोरअवस्था चेल्सीको एकेडेमीमा बितेको थियो । चेल्सीको युथ टोलीबाट खेलेका दुवै भार्यले नेपालविरुद्ध गोल गरिसकेका छन् ।

२०११ मा नेपालसँगको मैत्रीपूर्ण खेलमा फिलिपिन्सले ४–० ले जित्दा फिलले २ र जेम्सले १ गोल गरेका थिए । नेपाल र फिलिपिन्सबीचको पछिल्लो भेटमा पनि फिलले पेनाल्टीमा गोल गरेका थिए ।

phil-and-james

फिल(बायाँ) , जेम्स

९ बर्षको उमेरदेखि चेल्सीमा आबद्ध फिल २००३/०४ को सिजनमा टोलीका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका थिए । २००४ मा चेल्सीको रिजर्भबाट डेब्यू गरेका उनले २००५/०६ को सिजनमा २१ खेलमा ५ गोल गरेका थिए । फिलिपिन्स राष्ट्रिय टोलीका लागि ८६ खेल खेलेका २९ बर्षे फिलले ४३ गोल गरिसकेका छन् । त्यस्तै चेल्सीको युथ टोलीबाट खेलेका ३० बर्षे जेम्सले फिलिपिन्सका लागि ७७ खेलमा १० गोल गरेका छन् ।

२. लेन रामजे – अस्ट्रेलियाको पर्थमा जन्मेका २९ वर्षीय रामजेले फिलिपिन्सबाट १५ खेलमा ३ गोल गरेका छन् । अस्ट्रेलियाको ए लिग खेलिसकेका उनी राम्रो मिडफिल्डर मानिन्छन् । उनले २०१०मा सिड्नी एफसीबाट एउटा मात्र खेल खेलेपछि मेलबोर्नबाट २ बर्षमा ४६ खेल खेलेका थिए ।

३. लुक वुडल्यान्ड– २१ बर्षे वुडल्यान्डले फिलिपिन्सका लागि ७ खेल खेलिसकेका छन् । दुबईमा जन्मेका उनले फिलिपिन्सबाट खेल्नु अघि उमेर समूहमा इङल्यान्डको प्रतिनिधित्व गरेका थिए । उनले इंङ्ल्यान्ड यू १७ बाट १, यू १८ बाट ७ र यू १८ बाट १ खेल खेलेका थिए । हाल उनी इङ्ल्यान्डको पाचौ डिभिजन नेसनल लिगमा यर्क सिटीबाट खेल्छन् । वुडल्यान्ड दुई सिजन बोल्टनसँग आबद्ध थिए ।

luke-woodland

इङ्ल्यान्ड यू-१८ का लागि खेल्दै लुक वुडल्यान्ड ( तस्बिर – बोल्टन वानडेरर्स एफ.सि)

४. निल इथरिज – इङ्ल्यान्डमा जन्मेका गोलकिपर एथरिजले युवाअवस्थामा चेल्सी र फुलह्यामको एकेडेमीमा थिए । हाल इङ्ल्यान्डको लिग वन (तेस्रो डिभीजन) बाट खेल्दै गरेका २७ बर्षे इथरिजले २७ फिलिपिन्सबाट ५३ खेल खेलिसकेका छन् ।

५. केभिन इम्ब्रेसो – जर्मनीको ह्यामबर्गमा जन्मेका इम्ब्रेसोले खेल जीवन ह्यामबर्गर एस भिबाट सुरु गरेका थिए । करिब ५ वर्ष ह्यामबर्गरको एकेडेमीमा रहेका उनले जर्मनीको यू १५ टोलीबाट १ खेल खेलेका थिए । २४ बर्षे मिडफिल्डर इम्ब्रेसोले फिलिपिन्सका लागि १५ खेल खेल्दै १ गोल गरेका छन् ।

-एजेन्सीको सहयोगमा

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.