default_image

9 years ago

March 28, 2017

फिलिपिन्ससँग दस खेलाडीमा सिमित नेपाल ४–१ ले पराजित

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको पहिलो खेल ४–१ ले गुमाएको छ ।खेल सुरु भएको केही मिनेटमै दस खेलाडीमा सिमित भएको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल खाएको थियो । नेपालका लागि एकमात्र गोल विशाल राईले पहिलो हाफको इन्जुरी समयमा फर्काएका थिए ।

Bishal

खेलको १२ औं मिनेटमा पेनाल्टी बक्समा विक्रम लामाले बल ह्यान्ड गरेका कारण रातो कार्ड पाएपछि नेपाल दस खेलाडीमा सिमित भएको थियो । त्यसमा फिलिपिन्सले पेनाल्टी पाएपछि नेपाली गोलकिपर किरण चेम्जोङ त्यसलाई रोक्दै टोलीको मनोबल बढाएका थिए । तर, त्यसपछि फेरी २१ औं मिनेटमा प्राप्त पेनाल्टीलाई फिलिपिन्सका खेलाडी योङ हस्बेन्डले गोलमा परिणत गर्दै खेलमा अग्रता दिलाएका थिए ।

२३ औं मिनेटमा योङले अर्को गोल थपे । २८ औं मिनेटमा लियान्ड रामजेले अर्को गोल थप्दै खेलमा फिलिपिन्सको पकडलाई बलियो बनाएका थिए । इन्जुरी समयको दोस्रा मिनेटमा विशालले गोल फर्काउँदै झिनो आशा दिलाएका थिए । एकपक्षिय रुपमा फिलिपिन्स हावी भएको खेलको ७२ औं मिनेटमा जाभियर पाटिनोले दुई नेपाली रक्षकलाई छलाउँदै पेनाल्टी बक्सको बाहिरबाट गोल गरेका थिए । ८७ औं मिनेटमा रामजेको सिक्स यार्ड बक्सबाट गरेको प्रहारलाई आदित्य चौधरीले गोललाइनबाट क्लियर गरेका थिए । ८८ औं मिनेटमा नेपालले गोलको मौका पाएपनि गोल भएन ।

सुजल श्रेष्ठको कर्नरमा अनन्त तामाङ हेडर फिलिपिनो गोलकिपरले बचाए । इन्जुरी समयको पहिलो मिनेटमा रविन श्रेष्ठ विपक्षी मिडफिल्डरसँग ठोक्किएर घाइते भएपछि नियमित कप्तान विराज महर्जन मैदान प्रवेश गरेका थिए । विराजले सुरुआती ११ मा मौका नपाउदा भरत खवासले नेपाली टोलीको कप्तानी गरेका थिए ।

विश्व कप र एसियन कप एकै मनिएको छनोटको पहिलो चरणमै बाहिरिएको नेपालले गत कार्तिकमा एएफसी सोलिडारिटी कप जितेपछि एकै पटक तेस्रो चरणमा खेल्ने मौका पाएको थियो । सोलिडारिटी कपको विजेता र ग्वामले छनोट खेल्न नपाएका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई छनोट चरण खेल्ने मौका फेरी एक पटक दिएको थियो ।

झन्डै दुई बर्षयता उमेर समूह र राष्ट्रिय टोलीले गरि चार उपाधि जितेको नेपालका लागि एसिया कप छनोटको तेस्रो चरण अहिले सम्मकै ठूलो प्रतिस्पर्धाका रुपमा रहेको छ । नेपाल रहेको समूहमा रहेका फिलिपिन्स, यमन र ताजकिस्तान छन् । फिलिपिन्स नेपालका लागि कठिन प्रतिद्वन्द्वि रहँदै आएको छ । ३५ बर्षयता नेपालले फिलिपिन्सलाई हराउन सकेको छैन ।

सन् १९८२ मा फिलिपिन्सलाई १–० ले हराएको नेपालले त्यसपछिका तीनै खेल गुमाएको छ । २०११ को अक्टुबरमा ४–० तथा २०१४ को अप्रिल र अक्टुबरका दुई खेलमा नेपालले समान ३–० को नतिजा सुम्पेको थियो । झन्डै तीन बर्षपछि नेपालले फिलिपिन्सको सामना गरेको थियो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.