default_image

9 years ago

March 29, 2017

मनाङले जित्यो राजर्षि जनक कप, सिजनको सर्वाधिक सफल टोली

116 views

0 Bookmark

सर्लाही (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई बुधबार १–० ले हराउँदै दस खेलाडीमा सिमित मनाङले फाइनल जितेको हो । योसँगै मनाङ घरेलु फुटबलमा जारी सिजनमा नकआउट फुटबलको सर्वाधिक उपाधि जित्ने टोली बनेको छ । यो टोलीको चौथो उपाधि हो । आर्मी र सिएमजी क्लब संकटाले समान ३ उपाधि जितेका छन् ।

mmc
४९ औं मिनेटमा विमल रानाले गरेको गोल मनाङलाई बर्षको चौथो उपाधि दिलाउनका लागि पर्याप्त रह्यो । खेलको अन्त्यतिर दस खेलाडीमा सिमित भएपनि मनाङ अग्रता जोगाइ राख्न भने सफल भयो । विवेक बस्नेतले ७६ औं मिनेटमा दोहोरो पहेलो कार्डसँग रातो कार्डपाएपछि मैदान छोडेका थिए ।

टोलीका नियमित आठ खेलाडी राष्ट्रिय टोलीमा हुँदा पनि मनाङ आर्मीलाई हराउन सफल भएको छ । मनाङले उपाधिसहित ४ लाख रुपैयाँ र आर्मीले २ लाख रुपैयाँ प्राप्त गरेका थिए । मनाङलाई यसअघि पुसमा टुबोर्ग हेटौडा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा भने आर्मीले हराएको थियो । आर्मीले त्यसअघि चितवनमा नेपाल कप र दुहबी गोल्ड कपको उपाधि जितेको थियो ।

हेटौडा गोल्ड कपपछि आर्मीले कुनै उपाधि जितेको छैन । हेटौडापछि लगत्तै सुदूरपश्चिमाञ्चलको खप्तड गोल्ड कपको उपाधि जितेको मनाङले त्यसपछि लगातार पोखरामा आहा रारा गोल्ड कप र झापामा रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

संकटाले चितवनमा विकास रनिङ शिल्ड, रुस्लान सिमरा गोल्ड कप र रुपन्देहीमा तिलोत्तमा गोल्ड कप उपाधि जितेको थियो । राजर्षिमा भने संकटा पहिलो खेलमै पराजित भएको थियो । बागमति युवा क्लबले आयोजना गरेको राजर्षि जनक कपमा ७ ए डिभिजन क्लब र बी डिभजन टोली ब्वाइज युनियन क्लबको सहभागिता थियो ।

army

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.