9 years ago
March 30, 2017
दिपक बोहोरा
इलाम– नेपाल पुलिस क्लबले टुबोर्ग तेस्रो माई भ्याली गोल्ड कप फुटबल प्रतियोगितामो विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा बिहीबार आयोजक क्लबलाई ३–० ले हराउँदै पुलिस अघिल्लो चरणमा पुगेको हो । पुलिसका लागि भरत शाह, अभिषेक रिजाल र तेज तामाङले गोल गरे ।
ठुलो टुडिखेलमा खेल सुरु भएको ५ मिनेटमै भरतले पुलिसका लागि पहिलो गोल गरेका थिए । २८ औं मिनेटमा आयोजक टोलीको कमजोर रक्षापक्तिको फाइदा उठाउँदै पुलिसका अभिषेकले गोल गरेपछि पुलिस पहिलो हाफमा २–० ले अगाडि रह्यो ।
तेस्रो गोल खेलको इन्जुरी समयमा तेजले गरे । इलामका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा तेजले गोल गरेका हुन् । म्यान अफ दी म्याच बनेका पुलिसका भरतले ७ हजार रुपैयाँ प्राप्त गरे ।
प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा घरेलु मैदानमा निराश हुनु परेको आयोजक टोलीका प्रशिक्षक दर्शनभक्तराज ले बताए । माई भ्याली फुटबल क्लब इलाम र जिल्ला फुटबल संघ इलामको संयुक्त आयोजना सुरु भएको प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए ।
चैत २६ गते सम्म चल्ने प्रतियोगितामा उद्घाटन खेलमा भिड्ने दुई टोलीबाहेक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, ,त्रिभुवन आर्मि, नेपाल एपिएफ, सिएमजी क्लब संकटा, अग्नी रुपन्देही ११ , रमपम झापा ११ तथा भारतका ग्लोबल फुटबल क्लब आसाम , दुर्गापुर स्टिल टिएसवाई कोलकत्ता छन् ।
पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको विजेता टोलीले उपाधि सहित ४ लाख रुपैँया र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १ सय ५० सिसिको यमाहा मोटरसाइकल प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार तथा सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
माई भ्याली गोल्ड कपमा शुक्रबारको खेल
अग्नी रुपन्देही ११ विरुद्ध दुर्गापुर स्टिल टिसिवाई, कोलकत्ता (भारत)
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]