default_image

9 years ago

March 31, 2017

अग्नी रूपन्देही माईभ्याली गोल्ड कपको क्वार्टरफाइनलमा

89 views

0 Bookmark

दिपक बोहोरा

इलाम – अग्नी रुपन्देही ११ माइ भ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भारतको दुर्गापुर स्टिल टि.एस.वाइ , कोलकतालाई शुक्रबार टाईब्रेकर ४–२ ले हराउँदै रुपन्देही अन्तिम आठमा पुगेको हो ।

rupan

निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा टुंगिएको थियो भने थप १५ मिनेटमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकर बाट लिनुपरेको थियो।

खेलको २२औं  मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको भारतीय टोलीले लामो समय सम्म अग्रता जोगाउन सकेन। दुर्गापुरका बाबुलाल मण्डलले गोल गर्दै टिमलाइ अगाडी बढाएका थिए। दुर्गापुरका खेलाडीले डी बक्समा ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाइ गोलमा परिणत गर्दै विजय धिमालले खेल बराबरीमा पुर्याएका थिए ।

पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। आक्रामक रहदै दुवै टोलीले गोल गोल गर्ने प्रयास गरे पनि दोस्रो हाफको निर्धारित समयमा गोल नभएपछि खेलमा १५ मिनेटको समय थप गरीएको थियो । थपिएको समयमा पनि कुनै गोल हुन सकेन र खेलको निर्णय टाई ब्रेकर मार्फत निकालिएको थियो ।

टाईब्रेकरमा रुपन्देहिका निरज बस्नेत ,बिजय धिमाल, कालु थापा र लक्ष्मण रुचालले गोल गरेका थिए भने विदेशि खेलाडी आरोन डिमोडको प्रहार गोलरक्षकले बचाएका थिए । कोलकताका लागी सलमीरधा र ज्यायाक्सनले मात्र गोल गरे भने सलमुलेसको प्रहार बाहिरिएको थियो, त्यस्तै बिकास सिंहको प्रहार रुपन्देहीका कप्तान सोजित गुरुङले बचाएका थिए । पराजित टोलीका बाबुलाल मण्डल म्यान अफ दि म्याच घोषित भएका थिए। उनले नगद रु. ७ हजार प्राप्त गरे ।

रुपन्देहिका प्रशिक्षक दयाराम सापकोटाले राम्रा खेलाडी घाइते भएकाले राम्रो खेल्न नसकेको बताए । अर्को खेलमा सुधारिएको प्रदर्शन गर्नेमा विश्वस्त रहको उनले बताए। कोलकत्ताका प्रशिक्षक रहमतले भने रेफ्रीको गल्तीको कारण टिम पराजित हुन परेको गुनासो गरे ।

रुपन्देहीले क्वार्टरफाइनलमा रमपम झापा ११संग खेल्नेछ ।

शनिबारको खेल :

त्रिभुवन आर्मी क्लबविरुद्ध पश्चिम बंगाल टिम

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.