default_image

9 years ago

April 1, 2017

माई भ्याली गोल्ड कपमा आर्मी र कञ्चनजङ्गा भिड्दै

133 views

0 Bookmark

दिपक बोहोरा
इलाम – इलाममा जारी टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कपमा फुटबल प्रतियोगितामा आज विभागिय टोली त्रिभुवन आर्मी क्लबले भारत कञ्चनजङ्गा फुटबल क्लब सिलगुढीको सामना गर्दैछ । यस अघि भारतकै ग्लोबल फुटबल क्लब आउने भनिएपनि प्राविधिक कारण देखाउँदै नआएपछि कञ्चनजङ्गालाई बोलाइएको सह आयोजक जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरज खड्कीले जानकारी दिए ।

army-on-rajshree

यसै साता राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल खेलेर आर्मी इलाम पुगेको हो । यो सिजन आर्मीले तीनवटा नकआउट फुटबल प्रतियोगिता जितेको थियो । चितवनमा नेपाल कप, दुहबी गोल्ड कप र त्यसपछि पुसमा हेटौडा गोल्डकप जितेपछि टोलीले कुनै उपाधि जितेको छैन ।

सुरुआती दुई दिनमा नेपाल पुलिस क्लब र अग्नी रुपन्देही ११ विजयी हुँदै प्रतियोगिताको अन्तिम आठमा पुगिसकेका छन् । २६ गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधि ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.