default_image

9 years ago

April 1, 2017

अष्ट्रेलीयामा जगजितको टोलीको अर्को बराबरी

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अष्ट्रेलियन क्लब जर्ज सनसाइन एफसीले भिक्टोरिया प्रिमियर लिगमा अर्को बराबरी खेलेको छ । एक खेल पछि जगजितले पुनरागमन गरेको खेलमा सनसाइनले गोलबर्नसंग १-१ को बराबरी खेलेको छ।

received_10155946418863032

रातो कार्डको कारण जगजित अघिल्लो खेलमा प्रतिबन्धमा थिए ।

शनिबार खेलको चौथो मिनेटमा पछि परेको सनसाइनले ४४ औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।
आठ खेलको समाप्तिमा जगजितको टोली १२ अंकसहित अंकतालिकाको छैटौं स्थानमा छ।
२० टोलीको सहभागिता रहेको लिगमा यो सिजन अब उनको टोलीको २० बाँकी छ ।
जगजितको टोलीले ८ खेलमध्ये ३ जित,३ बराबरी र २ खेलमा हार बेहोरेको थियो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.