default_image

9 years ago

April 1, 2017

आर्मी सेमिफाइनलमा प्रवेश

140 views

0 Bookmark

दिपक बोहोरा
इलाममा जारी पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशिको तेश्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली फुटबल प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा त्रिभुवन आर्मी क्लबले कञ्चनजङ्घा भारतलाई २–१ले हराउदै अन्तिम चारमा प्रवेश गरेको छ।

bharat-khawas-army-motm

आर्मीको जितमा राजिब गुरुङ र भरत खवासले गोल गरेका थिए। पहिलो हाफको इन्जुुरी समयमा आर्मीका राजिव गुुरुङले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। दुवै टोलीले पहिलो हाफमा केहि राम्रा अवसरहरु खेर फलेका थिए।

खेलको ७६औं मिनेटमा पाहुना टोलीको प्रेम भुटियाले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए। तर खेल धेरै समयसम्म बराबरीमा रहेन। खेल सकिन ५ मिनेट बाँकि रहदा आर्मीका कप्तान भरत खवासले गोल गर्दै आर्मीको जित सुनिश्चित पारेका थिए।

17692621_1258804664235747_1108930397_o

यसै साता सर्लाहिमा राजर्षि जनक कपको फाइनल खेलेर पुर्व आएको आर्मीले खेल अवधिभर धेरै आक्रमण गरेको थियो। आजको खेलको म्यान अफ दि म्याच आर्मीका भरत खवास भए। उनले नगद रु. ७ हजार प्राप्त गरे।

आर्मीले अब नेपाल पुलिस र मनाङ मर्स्याङदिको विजेता संग खेल्ने छ।

आइतबारको खेल:
रमपम झापा ११ विरुद्ध अग्नि रुपन्देहि ११

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.