10 years ago
October 12, 2015
काठमाडौं,२५-
रेडबुल राष्ट्रिय लिग अन्तिम अन्तिम चरणमा पुग्दा विभागिय टोली त्रिभुवन आर्मी क्लब आज पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लने सम्भावना छ । पछिल्लो दुई खेलमा ७-० को जित निकालेको आर्मीले आज २ः३० मा तुलानात्मक रुपमा सहज प्रतिद्धन्द्धि जगदम्बा लुम्बिनी फुटबल क्लबको सामना गर्दैछ ।
लिगको त्रिपक्षिय भिडन्तमा अब रुस्लान थ्री स्टार, लक्ष्मी हुन्डाई मनाङ मर्श्याङ्दी र आर्मी मात्र रहेका छन् । १४ चरणको खेल सकिदा यी तीन टोलीबीच एक एक अंकको अन्तर छ । थ्री स्टारको २९, मनाङको २८ र आर्मीको २७ अंक छ । आर्मीले अन्तिम खेलमा अर्को विभागिय टोली पुलिससँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार र मनाङले लिगको अन्तिम दिन एकअर्काको सामना गर्नुअघि एक एक खेल खेल्नुपर्नेछ । थ्री स्टारले बाँकी दुवै खेल जिते स्वतः यो बर्षको लिग च्याम्प्यिन हुनेछ । शीर्ष तीन टोलीले बराबरीमा रोकिए वा हार खेप्नुपरेमा अन्य खेलका नतिजाको अर्थ हुन सक्छ । खराब प्रदर्शन गरेको लुम्बिनी १५ खेलमा ८ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]