default_image

9 years ago

April 27, 2017

चितवन लिगको उपाधिका लागि फेरी एनएफसी र एभरेष्ट भिड्ने

104 views

0 Bookmark

राकेश तिमल्सिना

चितवन – चितवन जिल्ला लिगको फाइनलमा फेरी पनि एनएफसी र एभरेष्ट क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । भरतपुर फुटबल क्लब (बिएफसी) लाई बिहीबार २–० ले हराउँदै एभरेष्टले एनएफसीसँगको भेट पक्का गरेको हो । साविक विजेता एनएफसी यसअघि नै फाइनल पुगिसकेको छ ।

Everest

नारायणगढको क्याम्पाचौर बिहीबार एभरेष्टलाई जित दिलाउन सुरज सेन्चुरी र देव गुरुङले गोल गरे । खेलको १० औँ मिनेटमा सुरजले झन्डै २० यार्ड टाढाबाट गोल गर्दै अग्रता दिलाएका थिए । परिवर्तित खेलाडी देवले ४९ औं मिनेटमा गोल थपेका थिए । देवले मैदान प्रवेश गरेको पहिलो मिनेटमै गोल गरेका थिए । गतवर्षको फाइनलमा एभरेष्टलाई १–० ले हराउँदै एनएफसीले उपाधि जितेको थियो ।

चितवन जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिगको फाइनल शनिबार हुनेछ । यसैबीच, शुक्रबार जयमंगला र बसन्तपुरको महिला टोलीबीच मैत्रीपूर्ण खेल हुने आयोजक जिल्ला संघले जनाएको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.