9 years ago
April 30, 2017
वुल्फ्सबर्ग (एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राती भएको खेलमा वल्फ्सबर्गको घरेलु मैदानमा ६-० को फराकिलो जितसँगै बायर्न म्युनिखले बुन्डेसलिगाको उपाधि पक्का गरेको छ ।

३१ खेलमा २२ जित र ७ बराबरीसँगै ७३ अंक जोडेको बायर्नले दोस्रो स्थानको आर.नबि. लेप्जिगसंग १० अंकको अग्रता कायम गरेपछि म्युनिखको उपाधि पक्का भएको हो ।
यो बायर्न म्युनिखको लगातार पाँचौ बुन्डेसलिगा उपाधि हो । सन् २०११-१२ को सिजनमा बोरुसिया डर्टमाउन्डले उपाधि जित्दा बायर्न दोस्रो भएको थियो । यो समग्रमा बायर्नको २७ औं बुन्डेसलिगा उपाधि हो ।
बायर्नको जितमा रोबर्ट लेवानडोस्कीले दुई गोल गरे भने डेभिड अलावा , आर्जेन रोबेन , थोमस मुलर र जोसुआ किमिचले पनि गोल गरे ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]