दिपेश तिमल्सीना
मुम्बई – एसियन कपको छनोट चरण अन्तर्गत यमन विरुद्ध हुने खेलको तयारीका लागि भएको मैत्रीपूर्ण खेल खेल्न भारत पुगेको नेपाली टोली बुधबार स्वदेश फर्कने भएको छ।
मंगलबार भएको खेलमा नेपाल भारतसँग २-०ले पराजित भएको थियो। भारतको जितमा सन्देश झिङ्घन र जेजे लाल्पेख्लुआले गोल गरेका थिए।
नेपालले एसियन कप छनोटको दोश्रो खेलमा मंगलबार यमनको सामना गर्दैछ। घरेलु मैदान हल्चोकमा हुने खेलका लागि नेपालले थप तयारी गर्नेछ।
नेपाली टोली साँझ ५:२५ बजेको नेपाल वायुुसेवा निगमको उडानमा नेपाल आउने पक्का भएको छ। टोली राती ८बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।