9 years ago
June 19, 2017
नेपालको महिला फुटबलमा लक्ष्मी कुमारी पौडेल चिर परिचित नाम हो। राष्ट्रिय टोलीकि सदस्य समेत रहेकी लक्ष्मी सशस्त्र प्रहरी बल (एपीएफ)को फुटबल टोलीबाट व्यावसायिक फुटबल खेल्दै आएकी छिन्। कलिलो उमेरमै फुटबल समाएकी लक्ष्मीलाई १५ वर्षको उमेरमै एपीएफले करारमा लिएको थियो। १९ वर्षको कलिलो उमेरदेखि सशस्त्र प्रहरी बलको मिडफिल्डको कमान सम्हालेकी लक्ष्मीले घरेलु फुटबलमा जित्न बाँकी सायदै कुनै प्रतियोगिता होला। महिला फुटबल खेलाडीको लागि उर्वर भूमि मानिने रौतहटको क्यान्टिन बजारमा जन्मिएकी लक्ष्मीलाई सानैदेखि फुटबलप्रति लगाव थियो। उनको त्यो लगावसँगै कडा मेहेनतले उनलाई २२ वर्षको उमेरमै राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न सक्षम बनायो।

११औं दक्षिण एसियाली खेलकुदमा बंगलादेशविरुद्धको खेलमा डेब्यु गरेकी उनले त्यसयता फर्केर हेर्नु परेन। महिला फुटबलमा नेपालको लागि भारत सधैं तगारो बन्दै आएको थियो र लक्ष्मीको अन्तर्राष्ट्रिय करियरमा पनि त्यहि तगारो स्वर्ण पदकको बाधक बनिरह्यो। नेपालले ११औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जित्दा फाइनलमा भारतसँग पराजित भएको थियो। त्यसको १ वर्षपछि बंगलादेशमै आयोजित प्रथम महिला साफ च्याम्पियनसिपमा पनि नेपाल फाइनलमा भारतसँग पराजित हुँदै दोश्रो स्थानमा सिमित भयो। अन्य टोलीलाई गोलमाथि गोल प्रहार गर्दा महत्वपूर्ण भूमिका खेल्दै आएकी लक्ष्मीको जोर भारतसँग भने चल्न सकेन। कुवेत र कतारको महिला राष्ट्रिय टोलीसँगको मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेकी लक्ष्मीको प्रदर्शनको विपक्षी प्रशिक्षकले पनि खुलेर तारिफ गरेका थिए।
महिला फुटबलमा ‘बक्स टु बक्स’ मिडफिल्डर निकै कम पाइन्छन्। आक्रमणमा फरवार्डलाई सहयोग गर्नेमात्र नभएर आफैंपनि गोल गर्ने क्षमता राख्ने लक्ष्मी डिफेन्समा पनि उत्तिकै जुझारु खेलाडी हुन्। उनको आगमनले मिडफिल्डमात्र नभएर फरवार्ड र डिफेन्सलाई पनि थप मजबुति मिलेको आभास मिल्ने गर्दछ। दुवै खुट्टा उत्तिकै चल्ने लक्ष्मी फ्रिकिकमा पनि गोलरक्षकका लागि सधैं टाउको दुखाई बन्ने गरेकी छिन्।
पछिल्लो पटक पूर्वान्चलमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदमा सशस्त्र प्रहरी बलले स्वर्ण पदक जिताउँदा टोलीकी कप्तान रहेकी लक्ष्मीको यो राष्ट्रिय खेलकुदमा स्वर्ण पदकको ह्याट्रिक थियो। खेलाडीका रुपमा काठमाडौँमा आयोजना भएको पाँचौ राष्ट्रिय खेलकुद र सुदुरपश्चिमको धनगढीमा आयोजित छैटौं राष्ट्रिय खेलकुदमा पनि एपीएफले स्वर्ण पदक हात पारेको थियो।

राष्ट्रिय खेलकुदमा एकक्षत्र राज जमाएको एपीएफले राष्ट्रिय फुटबल प्रतियोगिताको नवौं र दशौँ संस्करण जित्दा लक्ष्मी टोलीको महत्वपूर्ण सदस्य रहेकी थिइन्। बिकाश क्षेत्र महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफले जित्दा लक्ष्मी प्रतियोगिताकै सर्वोत्कृष्ट मिडफिल्डर घोषित भएकी थिइन्।
यसबाहेक लक्ष्मीले प्रथम राष्ट्रिय महिला फुटबल लिगको उपाधि पनि जितेकी छिन्। घरेलु फुटबलमा प्रतिष्ठित मानिएको प्रधानसेनापति कपको प्रथम संस्करण विजेता एपीएफले जानकी गोल्डकपको पनि उपाधि जितेको छ।
नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै पदक जिताएकी लक्ष्मीलाई विगत केहि वर्षमा चोटले दुख दिएपनि उनि आफ्नो करियरमा अझै राम्रो दिन बाँकी रहेको जिकिर गर्छिन। गतवर्ष आयोजित १२औं सागमा पनि भारतसँग पराजित हुँदै रजत पदकमा चित्त बुझाएको चोट अझै ताजा रहेको उनि बताउँछिन्।
“दक्षिण एसियामा हामी र भारत उही स्तरका टोली हौँ। हामीले लगातार फाइनल खेलमा भारतसँग पराजित हुनुपरेको छ। तर हामी यसलाई अन्त्य गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि टोलीलाई स्वर्ण पदक दिलाउन सक्दो मेहेनत गर्नेछौँ।”
“अब आउने युवा पिंढी र हाम्रो अनुभवको सम्मिश्रणले टोलीलाई झनै बलियो बनाउनेछ। हामीले विगतका समयमा भन्दा अहिले प्रदर्शनमा पनि सुधार गर्दै लागेका छौँ र त्यसलाई निरन्तरता दिदैं हामीले उपाधिको भोक टार्ने लक्ष्य लिएका छौँ।”
साफ महिला च्याम्पियनसिपको आयोजना गर्ने पालो अब नेपालको रहेको छ। सन २०१८मा योजना हुने प्रतियोगीताको लागि एन्फाले तयारी सुरु गरिसकेको छ। घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेर इतिहास लेखाउन लक्ष्मी आतुर छिन्।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]