9 years ago
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियामा व्यवसायिक फुटबल खेलाडी रहेका नेपाली मिडफिल्डर जगजित श्रेष्ठ नुनावडिङ सिटी एफसीमा आबद्ध भएका छन् । गत माघमा एनपिएलको अर्को टोली सनसाइन क्रस एफसीमा आबद्ध भएका जगजित हिजो नयाँ क्लब नुनावडिङमा आबद्ध भएका हुन् ।

सम्झौतापछि जगजित क्लबका सहायक प्रशिक्षक निक डिभिट्राकिससँग ।
अब उनी बाँकी सिजन अक्टोबर सम्म त्यस क्लबमा रहनेछन् । ट्रान्फर विन्डोको अन्तिम दिन बुधबार नयाँ क्लबमा आबद्ध भएको जगजितले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । नुवााडिङ पनि सोही लिग खेल्ने क्लब हो । सनसाइनमा भन्दा सेवा सुविधा राम्रो भएकोले नयाँ क्लबमा आबद्ध भएको जनाएपनि जगजितले सम्झौता रकम भने खुलाइन चाहेनन् ।
‘मैले सनसाइनमा राम्रो खेलेकै देखेर यो क्लबले बोलाएको हो ’ जगजितले भने, ‘नयाँ क्लबमा आबद्ध हुँदा उत्साहित छु । अवसरसँगै चुनौति थपिएको छ । यहाँ राम्रो गर्न सके भने अझै अर्को क्लबका लागि बाटो खुल्न सक्छ ।’ उनले आइतबार नयाँ क्लबबाट ‘डेब्यू’ू गर्ने बताएका छन् । अस्ट्रेलियमा जगजितको यो तेस्रो क्लब हो ।
गत बर्षको सुरुआत तिर अस्ट्रेलिया पुगेका जगजितले साउनमा भिक्टोरिया स्टेटको बी डिभिजन टोली ह्युम युनाइटेड एफसीबाट तीन महिना खेलेका थिए । त्यति बेला उनले १ हजार ५ सय अमेरिकी डलर मासिक पारिश्रमिक लिन्थे । माघमा उनी सनसाइनमा जाँदा पहिलाको भन्दा राम्रो पारश्रमिक पाएको बताएका थिए ।
केही बर्षअघि हिमालयन शेर्पाको पहलमा उनी जर्मनी गएर केही साताको अभ्यास गरेर फर्केका थिए ।नेपालले दुई बर्ष दुई महत्वपूर्ण उपलब्धी हासिल गर्दा जगगित पनि टोलीका सदस्य थिए । २०७२ को फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा यू २३ ले स्वर्ण पदक जित्नुअघि राष्ट्रिय टोलीले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जित्दा जगजित टोलीमा थिए । गत बर्षले नेपालले एएफसी सोलिडारिटी कप जित्दा भने उनी टोलीमा थिएनन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]