10 years ago
November 6, 2015
विश्व फुटबलका चर्चित हस्ती डेभिड बेकह्याम एक दिनका लागि शुक्रबार नेपाल आइपुगेका छन् । बि.बि.सी र युनिसेफको सहकार्यमा डकुमेन्टरी बनाउन नेपाल आइपुगेका डेबिड बेकह्याम दिनभर व्यस्त रहे|
युनिसेफसँगको बिबिसि डक्युमेन्ट्रीको छायांकनका बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रेका म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका पूर्व स्टार बेकह्याम त्यहाँबाट सिधै भक्तपुर दरबार स्क्वार पुगेका थिए । सल्लाघारीमा उत्रेर उनले सफा टेम्पो चलाउदै भक्तपुर दरबार स्क्वाएर स्थित श्री पद्म उच्च माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा सरिक भए| उनलाई त्यहाँ टिका र भादगाउँले टोपीले स्वागत गरिएको थियो| डेविडले केहि समय विद्यार्थीसंग टेबल टेनिस पनि खेलेका थिए|
विमानस्थलमा करिब २५० समर्थक जम्मा भएकोमा भक्तपुर पुग्दा हजारौंको संख्यामा मानिसहरुको उपस्थिति थियो| भिडलाई व्यवस्थित पार्न सुरक्षा व्यवस्था कडा भएतापनि हम्मे हम्मे परेको थियो| विद्यालयको कार्येक्रम सकियेलगतै उनि तौमडी स्थित न्यातपोल मन्दिरको परिसरमा पुगे| त्यहाँ उनले बाक्लो सुरक्षा घेराकाबीच पद्म्म माविका विधार्थीसँग फुटबल खेले । युनिसेफको सेभेन अन्तर्गत ७ दिनमा ७ भिन्न देशहरुमा फुटबल खेलेको छायाकंन गर्ने सिलसिलामा बेकह्याम नेपाल आएका हुन् । बेकह्यामलाई हेर्न हजारौं सर्वसाधारण भक्तपुर दरबार स्क्वार पुगेका थिए । सेभेन -अ-साइड फर्म्याटमा खेलिएको खेलमा पद्म स्कुलकै बच्चाहरुले भाग लिएका थिए| दुवै टोलीमा छात्र र छात्रा समावेश गरिएका थिए|
बेकह्याम सातओटा महादेशमा सात खेल खेल्ने लक्ष्य लिएर युनिसेफ र बि.बि.सी.को सहकार्यमा वृतचित्र बनाउदैं छन्| नेपालले एसियालाई प्रतिनिधित्व गर्दै छ भने यस अघि पपुवा न्यु गिनिमा बेकह्यामले खेल खेलिसकेका छन्|
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]