default_image

8 years ago

June 28, 2017

पोर्चुगलविरुद्ध चिलीको सम्भावित सुरुवाती एघार

142 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका उपाधि जितेको चिलीले बुधबार हुने  फिफा कन्फेडेरेसन कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा पोर्चुगलको सामना गर्दैछ। युरोपेली च्याम्पियनसिपको उपाधि जितेको पोर्चुगललाई निराश पार्दै चिली फाइनल पुग्ने धुनमा हुनेछ।

समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनल पुगेको चिलीले प्रतियोगितामा अझैसम्म हारको सामना गर्नपरेको छैन। पहिलो खेलमा क्यामरुनलाई २-०ले पराजित गरेपनि पछिल्ला २ खेलमा भने अंक बाँडेको थियो। जर्मनीसँग १-१को बराबरी खेलेको चिलीले अन्तिम खेलमा अष्ट्रेलियासँग पनि १-१कै बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

चिलीको लागि भने टोलीमा केहि समस्या रहेको छैन। अष्ट्रेलियाविरुद्धको खेलमा डिफेन्डर ग्यारी मेडेल चोटका कारण विश्राममा बसेका थिए। प्रशिक्षक जुआन एन्टोनियो पिज्जीले यस खेलका लागि मेडेल उपलब्ध रहने बताएका छन्। यसैगरी अष्ट्रेलियासँगको खेलमा कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभोले पनि पुनरागमन गरेका छन्। पहिलो २ खेलमे वैकल्पिक खेलाडीका रुपमा बेन्चमै रहेका उनले पोर्चुगलविरुद्ध सुरुवात गर्ने सम्भावना प्रबल छ।

चिलीको सम्भावित सुरुवाती एघार:

क्लाउडियो ब्राभो (कप्तान)

मौरिसियो इस्ला – ग्यारी मेडेल – गोन्जालो जारा – कार्लोस मेना

मार्सेलो डिआज

जोसे अरान्गुइज – हर्नानडेज

आर्टुरो भिडाल

एडुआर्डो भार्गास – एलेक्सिस स्यान्चेज

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.