8 years ago
June 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा नेपाल अमेरिका कन्भेन्सन अन्तर्गत शुक्रबारबाट सुरु हुने फुटबल प्रतियोगितामा भाग लिन नेपाली राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङ अमेरिकामा छन् ।
जुन ३० देखि जुलाई २ सम्म हुने फुटबलमा यी दुई सेनाका खेलाडी बाहेक नेपालका लागि विभिन्न उमेर समूहमा प्रतिनिधित्व गरेका खेलाडी पनि अलग अलग टोलीबाट प्रतिस्पर्धामा उत्रदैछन् ।
भोलिबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा साविक विजेता न्यू योर्क नेपलिज फुटबल क्लबले युनाइटेड हेल्प नेपालको सामना गर्नेछ । १२ टोलीको सहभागिता रहने प्रतियोगितामा विभिन्न देशका राष्ट्रिय खेलाडीहरुले पनि खेल्ने बताइएको छ ।
१.भरत खवास र राजु तामाङ

कन्भेन्सनका अध्यक्ष विश्व अधिकारीको निमन्त्रणामा अमेरिका पुगेका त्रिभुवन आर्मीका खेलाडीद्वय भरत र राजु एलए ११ बाट खेल्दै छन् । एलए ११ ले पहिलो खेल भोली खेल्ने छ ।
२. पर्वत पाण्डे

नेपालको राष्ट्रिय टोलीबाट खेलीसकेका नेपाल पुलिस क्लबका पूर्व खेलाडी पर्वत पाण्डे साबिक बिजेता न्यु यर्क नेपलिज फुटबल क्लबबाट खेल्नेछन् । पर्वत सेट पिसका विशेषज्ञ मानिन्छन ।
३. प्रलय राज भण्डारी

प्रतियोगितामा एन्फाका पहिलो ब्याचका खेलाडीहरुको बाहुल्यता छ, तीमध्ये प्रलय पनि हुन् । रुस्लान थ्री स्टार र एनआरटीबाट खेलिसकेका प्रलयले राष्ट्रिय टोली र विभिन्न उमेर समूहबाट नेपालको प्रतिनिधित्व गरेका थिए ।
४. राजिव श्रेष्ठ

नेपाललाई यु १९ मा प्रतिनिधि गरिसकेका राजिव डिसी फुटबल क्लबबाट प्रतियोगितामा खेल्नेछन् । एन्फा एकेडेमीका पहिलो ब्याचका गोलकिपर राजिवले अमेरिका जानुअघि फ्रेन्ड्स क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।
५. प्रशान्त गिरी
प्रतियोगितामा डालस एभरेष्टबाट खेल्ने प्रशान्त पनि एन्फाको पहिलो ब्याचका खेलाडी हुन् । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीका पूर्व खेलाडी प्रशान्तले नेपालको यु १९ टोली कप्तानी पनि गरेका थिए ।
६. स्वस्तिक जंग
नेपाललाई उमेर समुहमा यू १६ र यू १९ बाट प्रतिनिधित्व गरेका स्वस्तिक न्यु योर्क नेपलिज फुटबल क्लबका कप्तान पनि हुन् । स्वस्तिकले नेपाल रहँदा महासविर क्लबाट खेलेका थिए ।
७. शम्सेर खत्री
साविक विजेता न्यूयोर्क नेपलिज फुटबल क्लबका खेलाडी शम्सेर खत्री नेपाल यु १९ टोलीका पूर्व सदस्य थिए ।
८. रोशन देवकोटा
नेपाल यू १९ टोलीका पूर्व खेलाडी रोशन प्रतियोगितामा डालस गुर्खाबाट खेल्ने छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]