default_image

8 years ago

July 5, 2017

सेबालोसलाई भित्र्याउन म्याड्रिड र बार्साको प्रतिस्पर्धा

134 views

0 Bookmark

एजेन्सी – युरोपेली यू२१ च्याम्पियन्सिप उपविजेता स्पेनिस राष्ट्रिय टोलीका मिडफिल्डर ड्यानी सेबालोसलाई भित्र्याउन स्पेनका दुई ठुला टोली रियल म्याड्रिड र बार्सिलोनाबिच प्रतिस्पर्धा चलिरहेको छ। रियल बेटिसबाट व्यवसायिक फुटबल खेल्दै आएका सेबालोसले आफुले निर्णय लिन केहि सोच्नु पर्ने बताएका छन्।

२० वर्षीस सेबालोस युरो यू२१ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए। स्पेनले उक्त प्रतियोगिताको फाइनलमा जर्मनीसँग पराजित भएको थियो। गत सिजन बेटिसका लागि ला लिगामा २ गोल र उतिनै असिस्ट प्रदान गरेका ड्यानी मिडफिल्डको मध्य भागमा खेल्छन। उनलाई आन्द्रेश इनिएस्टाको उत्तराधिकारीका रुपमा हेरिदैं आएको छ।

सेबालोसले आफ्नो भविष्यबारे खुलेर बोल्न चाहेका छैनन्। क्लबहरु बिचको सम्झौता भएपछि मात्र उनले आफु अनुबन्धित हुने क्लबबारे बोल्ने बताएका छन्। उनले अबको २ साताभित्र आफ्नो भविष्यको टुङ्गो लाग्ने जानकारी दिए।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.