default_image

8 years ago

July 5, 2017

मेस्सी र बार्सिलोना नयाँ सम्झौता नजिक

99 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोना र लियोनल मेस्सी नयाँ सम्झौता नजिक पुगेका छन् । नयाँ सम्झौता पश्चात मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा आबद्ध हुने छन् ।

messi

हाल विवाहपछि परिवारसँग ब्यस्त मेस्सी र बार्सिलोनाबिच करिब १ हप्ता भित्रमा नयाँ सम्झौता हुने स्पेनिस मिडिया मार्साले जनाएको छ ।

नयाँ सम्झौतामा २०२१ सम्म बार्सिलोनासँग जोडिने मेस्सीले अन्त्यपछि आफ्नो खुसीले अर्को १ वर्ष पनि थप्न पाउने उल्लेख छ । उक्त सम्झौता अनुसार ‘मेस्सीको बाइ आउट क्लज’ ३०० मिलियन युरो हुने मार्साले जनाएको हो ।

३० वर्षीय अर्जेन्टाइन स्ट्राइकर मेस्सीको बार्सिलोनासँगको हालको सम्झौता २०१८ को जुनमा समाप्त हुनेछ । मेस्सीको अन्त्य तिर नजिकिदै गरेको सम्झौताका कारण म्यानचेस्टर सिटी र पिएसजी जस्ता क्लब उनलाई भित्र्याउन इच्छुक देखिएका थिए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.